विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड नाघ्यो

काठमाडौँ, २६ मंसिर । विश्वमा कोरोना संक्रमित हुनेको संख्या ७ करोड नाघेको छ ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शुक्रबार बिहानसम्म कोरोना संक्रमितको संख्या ७ करोड ६ लाख ८१ हजार ५ सय ५० पुगेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने १५ लाख ८७ हजार ४ सय ६२ पुगेको छ ।

त्यस्तै अहिलेसम्म कुल सङ्क्रमितमध्ये ४ करोड ९१ लाख २९ हजार ३ सय ३९ जना भने उपचारपछि घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ६ लाख ५९ हजार ९ सय ४२ नयाँ संक्रमित भेटिएका छन् भने १२ हजार ५ सय २२ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ४ लाख ५६ हजार उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा