२ हजार आधुनिक सडक बत्ती जडान गर्न सम्झौतामा हस्ताक्षर

काठमाडौँ, २५ मंसिर । काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका मुख्य–मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गर्नको लागि सम्झौता भएको छ ।

मुख्य सडकमा दुई हजार बत्ती जडानको लागि सहमतिपत्रमा काठमाडौँ महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच हस्ताक्षर भएको छ । सहमतिअनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलङ्कीलगायतका क्षेत्रमा झण्डै १७ करोड रुपैयाँको लगानीमा दुई हजार आधुनिक बत्ती जडानको काम अघि बढ्नेछ ।

सहमतिपत्रमा हस्ताक्षर गर्दै यातायातमन्त्री वसन्त नेम्वाङले सङ्घीय राजधानीसमेत रहेको काठमाडौँ महानगर क्षेत्रलाई व्यवस्थित र उज्यालो महानगर बनाउने र उज्यालो सङ्घीय राजधानीको चिनारी दिने अभियानअन्तर्गत यो योजना अघि बढेको बताए ।  

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले धेरै पटकको प्रयासपछि सहमतिपत्रमा हस्ताक्षर गर्ने चरणसम्म आइपुगेको भन्दै अब जतिसक्दो छिटो काम सम्पन्न गर्नेतर्फ केन्द्रित हुन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामसहितको २६ बुँदे सुझाव

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  अज

काठमाडौँ, १५ चैत । कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा

काठमाडौँ, १४ चैत । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन्