विज्ञको चेतावनीः काठमाडौँमा तत्काल विद्यालय खोले कोरोनाको दोस्रो लहर

काठमाडौँ, २५ मंसिर । काठमाडौँ उपत्यकामा तत्काल विद्यालय खोले कोभिड–१९ को संक्रमण झन् फैलिने र मृत्युदर पनि बढ्ने उच्च जोखिम देखिएको छ । यसले मुलुकमा सम्भावित मानिएको कोभिडको दोस्रो ल्याउने विज्ञहरुको भनाइ छ ।

उनीहरुले कोभिडको उच्च जोखिम समूहलाई खोपको व्यवस्था नभएसम्म विद्यालय खोल्दा थप जटिलता आउन सक्ने बताएका छन् । जाडो याममा कोभिड विस्तारको जोखिमबीच विद्यालय खोल्दा हरेक घरघरमा संक्रमण पुगेर बूढापाका, दीर्घरोगीलगायतमा संक्रमण जटिल बन्न सक्ने चिन्ता उनीहरुले व्यक्त गरेका छन् ।

स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का निर्देशक एवम् भाइरोलजिस्ट डा. वासुदेव पाण्डेले भने, ‘स्कूल जाने बालबालिकामा कोभिडको खासै लक्षण देखिँदैन तर उनीहरु संक्रमित हुनसक्छन् र आफ्नो घर, छरछिमेक तथा समुदायमा सहजै संक्रमण फैलाउन सक्छन् । यसले बिरामीमा जटिलतासँगै मृत्युदर बढाउन सक्छ ।’

राजधानीको सहरी क्षेत्र अझै कोभिडको उच्च जोखिममा रहेको र संक्रमणको दोस्रो लहर आउने सम्भावना समेत कायम रहेको डा. पाण्डेले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ८ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङलाई ‘रेड कार्पेट’ र सैन्य ‘फ्लाईओभर’सहित स्वागत गरेसँगै सीको तीनदिने

एजेन्सी, ७ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग राम्रो वार्ता भएको बताएका छन् । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभाका क्रममा पत्रकारहरूसँग

अमेरिका, ७ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफूले तीन वर्षअघि सगरमाथाको काखबाट जलवायु परिवर्तनको जोखिमबारे चेतावनी दिएकोमा अहिले

एजेन्सी, ७ असोज । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुससँग ‘ऊर्जा युद्धविराम’ (इनर्जी सिजफायर) का विषयमा वार्ता गर्न युक्रेन खुला रहेको बताएका