विज्ञको चेतावनीः काठमाडौँमा तत्काल विद्यालय खोले कोरोनाको दोस्रो लहर

काठमाडौँ, २५ मंसिर । काठमाडौँ उपत्यकामा तत्काल विद्यालय खोले कोभिड–१९ को संक्रमण झन् फैलिने र मृत्युदर पनि बढ्ने उच्च जोखिम देखिएको छ । यसले मुलुकमा सम्भावित मानिएको कोभिडको दोस्रो ल्याउने विज्ञहरुको भनाइ छ ।

उनीहरुले कोभिडको उच्च जोखिम समूहलाई खोपको व्यवस्था नभएसम्म विद्यालय खोल्दा थप जटिलता आउन सक्ने बताएका छन् । जाडो याममा कोभिड विस्तारको जोखिमबीच विद्यालय खोल्दा हरेक घरघरमा संक्रमण पुगेर बूढापाका, दीर्घरोगीलगायतमा संक्रमण जटिल बन्न सक्ने चिन्ता उनीहरुले व्यक्त गरेका छन् ।

स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का निर्देशक एवम् भाइरोलजिस्ट डा. वासुदेव पाण्डेले भने, ‘स्कूल जाने बालबालिकामा कोभिडको खासै लक्षण देखिँदैन तर उनीहरु संक्रमित हुनसक्छन् र आफ्नो घर, छरछिमेक तथा समुदायमा सहजै संक्रमण फैलाउन सक्छन् । यसले बिरामीमा जटिलतासँगै मृत्युदर बढाउन सक्छ ।’

राजधानीको सहरी क्षेत्र अझै कोभिडको उच्च जोखिममा रहेको र संक्रमणको दोस्रो लहर आउने सम्भावना समेत कायम रहेको डा. पाण्डेले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित