ओली र प्रचण्डलाई माधव नेपालको चेतावनी

काठमाडौँ, २५ मंसिर । नेकपाका वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीलाई विधिमा सञ्चालन गर्न र आफूलाई सुप्रिम नठान्न चेतावनी दिएका छन् । बुधबार नागरिक फ्रन्टलाइनसँग कुराकानी गर्दै नेपालले पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्ने, पार्टीलाई विधिसंगत ढंगले सञ्चालन गर्नुपर्ने र पार्टीभित्र देखिएका समस्या पार्टीको बैठकमा छलफल गरेर टुंगो लगाउनुपर्ने बताएका हुन् । 

उनले दुवै अध्यक्षलाई आन्दोलन र परिवर्तनको नेता बन्न सुझाव दिँदै पार्टी बैठकभन्दा फरक ढंगले नउभिन चेताए । ‘पार्टीभित्र समस्या देखियो, देशव्यापीरुपमा फैलिँदो छ । समस्या कमिटीभित्र सीमित गर्न सकिएको छैन तर अहिले पनि कमिटीभित्र सीमित गर्नुपर्छ, कमिटीभन्दा पर समस्याको समाधान हुन्छ भनेर सोच्नु हुदैन’, उनले भने ।

उनले वर्षाबाट तर्सिने किसान, नदीबाट तर्सिने माझी, बन्दुकबाट तर्सिने सिपाहीको केही काम छैन भन्दै ओलीलाई पार्टीको बैठकबाट नभाग्न, बैठकमा आएर छलफलमा सहभागी भएर निकास निकाल्न सुझाव दिए । ‘पार्टीभित्र सबै समस्याबारे छलफल हुनुप¥यो, कोभिडकै बारेमा छलफल गरौं, सरकारी नीतिका बारेमा छलफल गरौं । हामी आफैंलाई सर्वज्ञानी ठान्छौं, सर्वज्ञानी नठानौं । अहंकारले नै लंका दहन भएको हो’, नेपालले भने ।

उनले पुष्पकमल दाहालले संगठनको विषयमा धेरै जानकारी नराखेको विषय कोट्याउँदै दुवै अध्यक्षले आफूहरू सुप्रिम हो भन्ने ठानेको र त्यसले संगठनभित्र नकारात्मक असर पार्ने बताए । ‘प्रचण्डजीले आन्दोलन त हाँक्नुभयो तर संगठनसम्बन्धी विषय भने ग्याप भयो’, उनले भने । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ फागुन । प्रतिनिधिसभा तथा राष्ट्रिय सभामा जम्मा १०९ जना सांसदहरु रहेनुभएको छ । त्यस्तै पुष्पकमल दाहाल प्रचण्ड तथा

काठमाडौँ, २१ फागुन । थप १ सय २० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७४ हजार ६

काठमाडौँ, २१ फागुन । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँग भएको तीनबुँदे सहमतिप्रति आफूहरु प्रतिबद्ध रहेको बताएका छन्

काठमाडौँ, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021