स्थानीय तहमा २९ पद रिक्त : उपनिर्वाचनको अन्योल कायमै

काठमाडौँ, २५ मंसिर । सङ्घीय मामिला  तथा  सामान्य  प्रशासन  मन्त्रालयले  स्थानीय  तहमा  विभिन्न  कारणले हाल २९ पद रिक्त भएको विवरण  निर्वाचन  आयोगलाई  उपलब्ध  गराएको  छ  ।  रिक्त  पदमा  उपनिर्वाचन  हुने  वा  नहुने  अन्योल  कायमै छ ।

साढे तीन वर्षअघि २०७४ साल वैशाख  ३१  गते  पहिलो  चरणमा  स्थानीय तहको निर्वाचन भएको थियो । आयोगले एक वर्षअघि अर्थात् २०७६ मङ्सिर १४ गते स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाका रिक्त पदमा उपनिर्वाचन गराएको थियो । यसपटक स्थानीय तहमा मात्रै पद रिक्त भएको विवरण आयोगमा आएको छ । 

आयोगका  प्रवक्ता  राजकुमार  श्रेष्ठका अनुसार मन्त्रालयबाट प्राप्त विवरणमा  स्थानीय  तहको  अध्यक्ष  दुई, उपाध्यक्ष एक र वडाध्यक्ष २६ गरी २९ पद रिक्त छ । खोलुखुम्बु र अर्घाखाँचीमा  अध्यक्ष  तथा  भोजपुर  जिल्लामा उपाध्यक्ष पद रिक्त छ । यसैगरी  वडाध्यक्ष  रिक्त  भएका  जिल्लामा सप्तरीमा तीन, सङ्खुवासभा, मकवानपुर,  चितवन,  नवलपरासी,  रुपन्देही  र  बर्दिया  जिल्लामा  दुई–दुई  वडाध्यक्ष पद रिक्त छन् । यस्तै पाँचथर, सोलु, सर्लाही, कास्की, म्याग्दी, रुकुम पूर्व, प्युठान, हुम्ला, जाजरकोट, बाजुरा, कञ्चनपुर  जिल्लामा  वडाध्यक्षको  एक–एक पद रिक्त छ ।

यी रिक्त पदमा आगामी २०७८ वैशाख  ३१  गतेभित्र  उपनिर्वाचन  भइसक्नुपर्छ । त्यसपछि उपनिर्वाचन हुन सक्दैन । स्थानीय तहको अवधि एक  वर्ष  बाँकी  छँदा  मात्रै  स्थानीय  तहका रिक्त पदमा उपनिर्वाचन हुने कानुनी व्यवस्था छ । अब स्थानीय तहका जनप्रतिनिधिको अवधि करिब १८ महिना मात्रै बाँकी छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य, संविधानसभाका अध्यक्ष एवं नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले

काटमाठौँ, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रतिनिधिसभाको कुनै पनि गतिविधिमा पार्टीका सांसदहरुले

काठमाडौँ, १५ फागुन । स्वतन्त्र युवा तथा विद्यार्थीहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति प्रति कडा रुपमा

काठमाडौँ, १५ फागुन । थप ८१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७४ हजार ६५ जना पुगेको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021