एजेन्सी, २४ मंसिर । ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७८ हजार नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्ममा ब्राजिलमा कोरोनाको कारण एक लाख ७८ हजार १५९ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा गत २४ घन्टामा ८४२ जना कोरोना भाइरसका संक्रमित विरामीको ज्यान गएको पनि सो मन्त्रालयले जनाएको छ । केही महिना यतादेखिको मृत्यु संख्या हेर्दा एकै दिनमा भएको यो सबैभन्दा धेरै मृत्यु हो ।
त्यसैगरी यहाँ गएको २४ घन्टा यता मात्र गरेको परीक्षणका क्रममा कम्तीमा पनि ५० हजार जनामा संक्रमण देखिएको पुष्टि भएको पनि यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । दक्षिण अमेरिकामा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेको ब्राजिलमा अहिलेसम्म कोरोनाका ६६ लाख ७४ हजार ९९९ जना संक्रमित फेला परिसकेका छन् ।