ठेकेदार सम्पर्कविहीन हुँदा ६५ किमि प्रसारण लाइन विस्तारको काम अलपत्र

काठमाडौँ, २४ मंसिर । कर्णालीका हिमाली जिल्लामा राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न सरकारले प्रक्रिया अघि बढाए पनि ठेकेदार सम्पर्कविहीन हुँदा काममा ढिलाइ भएको छ । ठेक्का अवधि सकिएको १५ महिना बित्दासमेत दैलेखको दुल्लुदेखि कालीकोटको मान्मसम्मको ६५ किमि प्रसारण लाइनको काम पूरा हुन नसकेको हो ।

त्रिपुरेश्वर र नवदुर्गा जेभीले ३ वर्षभित्रै लाइन विस्तार सक्ने गरी आर्थिक वर्ष ०७३/७४ मा ठेक्का सम्झौता गरेको थियो । कम्पनीसँगको म्याद ०७६ साउनमै सकिएको विद्युत् प्राधिकरणले जनाएको छ । दैलेखबाट कालीकोटसम्म पोल गाड्ने काम सकिए पनि लाइन विस्तार अझै हुन नसकेको विद्युत् प्राधिकरण, प्रदेश कार्यालय सुर्खेतका निर्देशक सुरेन्द्रप्रसाद अग्रहरीले बताए । ‘ठेकेदार लामो समयदेखि सम्पर्कविहीन छन्,’ उनले भने, ‘अहिलेसम्म दुल्लुबाट कालीकोटसम्म पोल गाड्ने काम मात्र सकिएको छ ।’

कर्णालीका कालीकोट, मुगु र जुम्लालाई राष्ट्रिय प्रसारणसँग जोड्ने गरी कम्पनीले करिब १३ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । अहिलेसम्म दैलेखको रामाघाटदेखि राकमसम्म १२ किलोमिटरमा मात्र लाइन तानिएको छ । गाडिएका पोल पनि ढल्न थालेको स्थानीयको गुनासो छ । प्रसारण लाइनको जिम्मा लिएका ठेकेदार राकेश अग्रवालसँग विद्युत् प्राधिकरणका मात्रै ७८ वटा ठेक्का छन् ।

उनले ठेक्का लिएका अधिकांश काम अलपत्र परेको विद्युत् वितरण केन्द्र, कालीकोटका प्रमुख मेघराज जोशीले बताए । ‘मान्मबाट अधिकांश गाउँमा पोल गाड्ने काम सकिए पनि राष्ट्रिय प्रसारण लाइनको काम पूरा नहुँदा स्थानीय अन्धकारमा बस्नुपरेको छ,’ उनले भने, ‘विभिन्न माध्यमबाट काम गर्न ताकेता गरिए पनि ठेकेदार सम्पर्कमा आएका छैनन् ।’

काम नगर्ने ठेकेदारको ठेक्का रद्द गरी नयाँ प्रक्रियामा जानुपर्ने नेकपा नेता रमेश शाहीले बताए । उनका अनुसार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही ऊर्जामन्त्री भएका बेला कर्णालीमा राष्ट्रिय प्रसारण लाइन विस्तारको नीतिगत निर्णय भएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ फागुन । हरिवंश आचार्य, नामै काफी छ । नाम सुन्नासाथै जो कोहीका मुहारमा हाँसो छचल्किन्छ । उनले बोल्न थाल्दा

काठमाडौँ, १० फागुन । हलिउड अभिनेत्री जेनिफर एनिस्टनले नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीको प्रशंसा गरेकी छिन् । एनिस्टनले शुक्रबार आफ्नो इस्टाग्राममा

काठमाडौँ, ९ फागुन । बलिउड अभिनेत्री करिना कपुरले दोस्रो सन्तानलाई जन्म दिएकी छन् । आज बिहान मुम्बइको ब्रिज क्यान्डी अस्पतालमा

काठमाडौँ, ९ फागुन । वरिष्ठ अभिनेता तथा क्याप्टेन बिजय लामा अभिनित ‘मान्छे’ बोलको म्युजिक भिडियो रिलीज भएको छ । जीवन शाहीको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021