सार्क मुलुकबीच सहकार्यमा जोड

काठमाडौँ, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबाट बाहिर निस्कन दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकबीच सामूहिक प्रयासको आवश्यकता रहेको औँल्याएका छन् ।

सार्क मुलुकको अध्यक्ष राष्ट्र नेपालका प्रधानमन्त्रीका हैसियतले सार्कको ३६औँ बडापत्र दिवस (चार्टर डे) का अवसरमा शुभकामना व्यक्त गर्दै उनले महामारीको परिस्थितिबाट सामूहिक रूपमा बाहिर आउन सार्क सदस्य मुलुकबीच थप ठोस प्रयास, सहकार्य र सहयोगको महत्त्वमा जोड दिइरहेको छ भने ।

कोभिड महामारीले अभूतपूर्व चुनौती प्रस्तुत गरेको भन्दै उनले महामारीले स्वास्थ्य र अर्थ व्यवस्थामा मात्र नभई सामाजिक जीवन, यस क्षेत्रका मानिसको जीवनशैली र भविष्यको जीविकामा समेत असर गरेको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले सार्क मुलुकको सन्दर्भमा राजनीतिक इच्छाशक्ति र प्रतिबद्धताका साथ ठोस कार्यसँगै अगाडि बढ्ने समय आइसकेको समेत प्रस्ट पारे । सो क्रममा उनले अवरुद्ध सार्क शिखर सम्मेलन सुचारु गर्न नयाँ सुरुवात गर्दै प्रारम्भिक बैठक गरेर जनतामा आशा जगाइ अगाडि बढ्ने अवसर प्रदान गर्न सकिने बाटोसमेत देखाए ।

सार्क दिवसमा उनले दिएको शुभकामना सन्देशमा सार्क बडापत्रले दक्षिण एसियाको साझा दृष्टिकोण, सामूहिक सङ्कल्प र पारस्परिक प्रयास मार्फत यस क्षेत्रको गरिबी उन्मूलन, तीव्र आर्थिक वृद्धि र सामाजिक–सांस्कृतिक विकासको प्रगतिको माध्यमबाट स्थायित्व र समृद्धि प्रवद्र्धन गर्न जोड दिएको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ फागुन । प्रतिनिधिसभा तथा राष्ट्रिय सभामा जम्मा १०९ जना सांसदहरु रहेनुभएको छ । त्यस्तै पुष्पकमल दाहाल प्रचण्ड तथा

काठमाडौँ, २१ फागुन । थप १ सय २० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७४ हजार ६

काठमाडौँ, २१ फागुन । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँग भएको तीनबुँदे सहमतिप्रति आफूहरु प्रतिबद्ध रहेको बताएका छन्

काठमाडौँ, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021