उग्रवामपन्थीविरुद्धको आगोसँग पैठेजोरी खेल्दै नेपाली राजनीतिमा खारिएको खम्बा नेता ‘महेश बस्नेत’

बाबु छत्कुली

दक्षिणपन्थ तथा उग्रवामपन्थबिरुद्धको अग्रणि मोर्चामा महेश बस्नेतको भुमिका वि.सं. २००९ साल बैशाख ६ मा आदरणीय कमरेड पुस्पलाल श्रेष्ठको नेतृत्वमा लेनिन जयन्तीको दिन नेपाल कम्युनिष्ट पार्टी जन्मिएसँगै स्थापनाकालदेखि नै विभिन्न आरोह अबरोहहरुको निरन्तर सामना गर्नुपर्यो । कहिले राजाको, कहिले काङ्ग्रेसको, कहिले उग्रवामपंथी धारको त कहिले आफैभित्र बेलाबेलामा आइरहने दक्षिणपन्थीहरुको प्रहार सहिरहनु पर्यो ।

कम्युनिष्ट आन्दोलनको ७ दशको इतिहासमा नेपालको राजनीतिक सत्ता परिवर्तनको साथै आर्थिक सामाजिक परिवर्तनमा ठूलो योगदान छ । सामन्ती निरंकुशताको अन्त्यको लागि निर्णायक आन्दोलन गर्दै कतिपय अवस्थामा नेपाली कांग्रेससँग पनि सहकार्य र संयुक्त मोर्चा निमार्ण गरी प्रमुख शत्रुका विरुद्ध आन्दोलन केन्द्रित गर्न संयुक्तमोर्चा निमार्ण गरी आन्दोलन सफल भएका थुप्रै उदाहरण छन् । यस्तै नेपालमा भर्खर प्रजातन्त्रको उदयँसगै बामे सर्न लागेको अबस्थामा जनयुद्ध घोषणा भइ बुद्धको भुमिमा अर्को रक्तरन्जित पृष्ठभुमि पोतियो ।

शसस्त्र युद्धले नेपालमा यति प्रत्युत्पादक हुन पुग्यो कि नेपाल लगभग ५० वर्ष पछाडी धकेलिन पुग्यो । १२ बुँदे सहमती र २०६२÷०६३ को एतिहासिक जनआन्दोलन पश्चात् देशले शान्ती प्रकृयामा प्रवेश पायो । तर जनयुद्धरुपी धनयुद्धको धङधङीबाट मुक्त हुन नसकेको माओवादी जनताको शान्तिपूर्ण बाच्ने र गरिखाने अधिकार माथी धावा बोल्दै वाइसिएल रुपि दानव सोचबाट ग्रसित भई नेपाली जनतालाई त्राहिहाम बनाइरहेयो ।

उक्त उग्रबामपंथी धारबिरुद्ध लड्न जबर्जस्त महेश बस्नेतको नेतृत्वमा युथ फोर्स गठन भई जस्तालाई त्यस्तै गर्ने निति अनुरुप वाइसिएललाई प्रतिकार गर्ने, जनतालाई सुरक्षाको प्रत्याभुती दिने, जनताको जनजीविकाको सवालको संरक्षण गर्नेलगायतका कार्यपश्चात् उग्रवामपन्थीहरु सच्चिन बाध्य भई मुलधारको राजनीतिमा आउन बाध्य भए भने सधै बहुमतको धक्कु दिँदै विभिन्न गुट सञ्चालन गर्ने नयाँ नेतृत्व जन्मिन नदिने जन्मिएका नेतृत्वलाई अगाडि बड्न नदिने दक्षिणपन्थी बिरुद्व आगोसँग पैठेजोरी खोज्दै खेल्दै अनुभवले खारिएर नेपाली राजनीतिको दर्हो खम्बा बनी उभिन सफल नेता मध्येका एक हुन् महेश बस्नेत ।

शान्तिपूर्ण जनआन्दोलनको विकास र सफलता कमरेड मदन भण्डारीले अगाडि सारेको जनताको बहुदलीय जनवादी सिद्धान्त थियो । यहि सिद्धान्तको आधारमा ०६२र६३ को शान्तिपूर्ण जनआन्दोलन संविधान सभाको निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बन्न सफल भयो । अहिले संविधान कार्यान्वयनको क्रममा तीनै तहको निर्वाचन सम्पन्न भई सात प्रदेशमध्ये ६ वटा प्रदेशका कम्युनिष्टको नेतृत्वमा सरकार बनेको छ भने केन्द्रमा पनि दुई तिहाइको समर्थनमा कम्युनिष्टको सरकार बनेको छ ।

निकै प्रशंसनिय कार्य गर्दै नेकपाको सरकार अगाडि बडिरहेको छ । अहिले आफ्नै पार्टीभित्र खुट्टा तान्ने प्रबृती हावी भइ अफ्ट्यारो पार्ने कोसिस भइरहेको देखिन्छ । इतिहासले विभिन्न कालखण्डमा विभिन्न जिम्मेवारी प्रदान गर्छ । त्यही जिम्मेवारी कसैले पूरा गर्न सक्छन् त कसैले सक्दैनन् । तर नेपालमा बेलाबेलामा देखापर्ने गरेको उग्रवामपन्थी धार र दक्षिणपन्थी समस्याको समाधान गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको सुरक्षा तथा निरन्तरतामा महेश बस्नेतको भूमिकालाई अवश्य कम आक्न मिल्दैन ।

नेता, राष्ट्रिय युवा संघ नेपाल

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल कम्युनष्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल

मोरङ, ३ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संसद् विघटन सम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई

काठमाडौँ, ३ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सुवास नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई किन अवरोध गरेको

काठमाडौँ, ३ माघ । सहरी विकास मन्त्री प्रभु साहले देशलाई पुष्पकमल दाहाल प्रचण्डमुक्त नगरीए ठुलो दुर्भाग्य हुने बताएका छन् ।