फेरेन्कभारोसमाथि बार्सिलोनाको सहज जित

काठमाडौँ, १८ मंसिर । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पाँचौं खेलमा सहज जित निकालेको छ ।

 बुधबार राति भएको खेलमा बार्सिलोनाले फेरेन्कभारोसलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।  फेरेन्कभारोसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन एन्टोनि ग्रिजम्यान, मार्टिन ब्रेथवेट र ओसमान डेम्बेलेले समान एक–एक गोल गरे । 

जितसँगै बार्सिलोनाले लिगमा पाँच खेलबाट १५ अंक जोडेको छ । बार्सिलोना अपराजित हुँदै लिगको शीर्ष स्थानमा छ । पराजित फेरेन्कभारोसको ५ खेलबाट १२ अंक छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताएका छन् । 

काठमाडौँ, ६ बैशाख । डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बिहीबार राष्ट्रियसभा सदस्यमा

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरकार निर्माणबारे प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएको छ । कांग्रेस

काठमाडौँ, ६ बैशाख । सिंहदरबारस्थित दक्षिण गेट अगाडि विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।