एक महिनाभित्र कक्षा १२ को नतिजा

काठमाडौँ, १७ मंसिर । कक्षा १२  को  परीक्षा  दिएका  विद्यार्थीले  अबको ठीक एक महिनाभित्र नतिजा पाउने  भएका  छन्  ।  विद्यार्थीको  शैक्षिक  सत्र  प्रभावित  नहुने  गरी  एक  महिनाभित्र  विद्यार्थीको  हातमा  नतिजा  उपलब्ध  गराइने  भएको  हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले विद्यार्थीको नतिजा  महिना  दिनभित्र  दिने  गरी  तयारी थालिएको जानकारी दिए । यसबाट  विद्यार्थीलाई  उच्च  शिक्षा  अध्ययनका  लागि  बाटो  खुल्ने  भएको हो । यसका लागि देशभरका शिक्षकहरूसित  समन्वयमा  काम  भइरहेको जनाइएको छ ।

परीक्षा  बोर्डले  एक  साताभित्र  उत्तरपुस्तिकाको परीक्षण पूरा गर्ने तयारी गरेको  छ  ।  कतिपय  विषयको  उत्तरपुस्तिका परीक्षण सुरु भइसकेको छ । विद्यालयमा सम्बद्ध विषयको शिक्षकले नै यसपटक विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने भएकोले एक साताभित्र यो काम पूरा हुने विश्वास गरिएको अध्यक्ष पौडेलले  बताए ।  यसपटक  कोरोनाका  कारण  सबै  विद्यार्थीलाई  आफूले नै अध्ययन गरेको विद्यालयमा परीक्षा  दिने  अवसर  बोर्डले  उपलब्ध  गराएको थियो ।

सङ्क्रमितलाई परीक्षाको अवसर

यसैबीच, परीक्षा बोर्डले कोरोना भाइरसबाट  प्रभावित  भएर  परीक्षा  लिन नपाएका विद्यार्थीका लागि फेरि एक पटक अवसर दिने भएको छ । विद्यार्थीलाई पुनः परीक्षाको अवसर दिने र त्यसको सूचना आगामी १५ दिनको  हाराहारीमा  दिने  बोर्डको  तयारी छ । कोरोनाबाट  प्रभावित  विद्यार्थी  परीक्षामा  सहभागी  हुँदा  अन्य  विद्यार्थीलाई सङ्क्रमणको समेत त्रास हुने भएकोले सङ्क्रमित विद्यार्थीलाई पुनः  परीक्षा  लिने  निर्णय  बोर्डले  यसअघि नै गरिसकेको छ । त्रिभुवन विश्वविद्यालयले भने यस खालका विद्यार्थीलाई अन्य विद्यार्थीभन्दा १५ मिनेट ढिला गरी परीक्षा प्रारम्भ गर्ने गरी सूचित गरिसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । सशस्त्र प्रहरीले वीरगन्ज–पथलैया सडकखण्डअन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका–५ बकुलियाबाट ८० ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ

काठमाडौँ, ९ असोज । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ११ र मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ को सिमानामा पर्ने सिमात

काठमाडौँ, ९ असोज । नेपाल प्रहरीले अवैध हुण्डीमार्फत एक अर्ब बढीको कारोबार गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । प्रहरीको

काठमाडौँ, ९ असोज । काठमाडौँ उपत्यकाको मौलिक, धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा परिचित कुमारी इन्द्रजात्रा आज परम्परागत विधिअनुसार विविध अनुष्ठानसहित मनाइँदै