नागार्जुन नगरपालिकाद्धारा अग्नि नियन्त्रण यन्त्र वितरण

काठमाडौँ, १३ मंसिर । नागार्जुन नगरपालिकाले आगलागिको जोखिमबाट बच्चनका लागि शनिवार वडा नं. १ का स्थानीयलाई अग्नि नियन्त्रण यन्त्र वितरण गरेको छ ।

पहिला गाउँ भएको नागार्जुन क्षेत्र दैनिक सहरीकरण बढ्दै गएकाले आगलागीको जोखिमबाट बच्चनका लागि नगरपालिकाले अग्नि नियन्त्रण यन्त्र वितरण गरेको हो । नगरपालिकाले सबै वडामा अग्नि नियन्त्रण यन्त्र वितरण गर्ने योजना बनाएको छ ।

अग्नि नियन्त्रण यन्त्र स्थानीयलाई वितरण गर्दै नेपाली काँग्रेसका नेता एवं पूवं उपप्रधानमन्त्री प्रकाशमान सिंहले आगलागिबाट बच्चनका लागि नगरपालिकाले वितरण गरेको अग्नि नियन्त्रण यन्त्रको उचित सदुपयोग गर्न स्थानीयलाई आग्रह गर्नुभयो । उहाँले अन्य नगरपालिकाको तुलनामा नागार्जुन नगरपालिकाले अनुकरणीय काम गरेको स्मरण गर्दै नेता सिंहले भन्नुभयो “नागार्जुन नगरपालिकाको कामबाट अन्य नगरपालिकाले सिक्नुपर्छ ।”

जनप्रतिनिधि स्थानीयको दुःखसुखको साथी बन्नुपर्ने चर्चा गर्दै सिंहले अग्नी नियन्त्रण यन्त्र जस्तै अन्य अत्यावश्यक सामाग्री नरपालिकाले स्थानीयतलाई प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । तीन तहको सरकारको आपसी समन्वयको अभावमा कतिपय समस्या स्थानीयले भोग्नु परेको चर्चा गर्दै उहाँले सरकार जनताको समस्या भन्दा पनि आन्तरिक समस्यामै रुमलिएको बताउनुभयो ।

नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले नागार्जुन नगरपालिकाले विकास निर्माणको काममा तिब्रता दिएको भन्दै नगरपालिकाले विभिन्न अभियान सञ्चालन गरेको बताउनुभयो । उहाँले एक घर एक अग्नि नियन्त्रण यन्त्र वितरण, एक लाख फलफूलका बिरुवा वितरण, सुत्केरी महिलालाई छ महिनासम्म आइरन चक्की लगायतका औषधी वितरण काम गरेको बताउनुभयो ।

नागरिकका हरेक समस्या समाधान गर्ने गरी नगरपालिकाले काम गरिरहेको नगर प्रमुख बस्नेतले स्पष्ट गर्नुभयो ।

सो अवसरमा वागमती प्रदेशसभाका सदस्य प्रकाश श्रेष्ठले नगरपालिकाले गरेको काममा स्थानीय नागरिक सन्तुष्ट भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका