नेपाल फिफा वरियतामा एक स्थान तल

काठमाडौँ, १३ मंसिर । नेपाल फिफा वरियतामा एक स्थान तल झरेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १ सय ७१ औं स्थानमा रहेको छ । यसअघि १ सय ७० औं स्थानमा थियो ।

नेपालले ९ सय ६८ अंक हासिल गरेको छ । दक्षिण एशियामा भारत १ सय ४ औं स्थानमा छ भने माल्दिभ्स १ सय ५५ औं स्थानमा रहेको छ । यसैगरी बंगलादेशले तीन स्थान सुधार गरेको छ । बंगलादेश १ सय ८४ औं स्थानमा छ । भुटान १ सय ८९ औं स्थानमा रहेको छ ।

पाकिस्तान २ सय औं स्थानमा रहेको छ । यस्तै बेल्जियम शीर्ष स्थानमा छ भने फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र