काठमाडौँ, १३ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ
आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सन्दीपले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
गत बुधबारबाट कोरोनाको लक्षण देखिएको बताउँदै सन्दीपले कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि आफू सेल्फ आइसोलेनमा बसेको बताएका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र आफू चाँडै मैदान फर्कने सन्दीपले विश्वास लिएका छन् ।






