भारतमा १० करोड डोज स्पुतनिक खोप उत्पादन गर्ने रूसको घोषणा

एजेन्सी, १२ मंसिर । कोरोनाभाइरस विरुद्धको स्पुतनिक भी खोप भारतमा उत्पादन गरिने भएको छ ।

भारतीय औषधि निर्माता कम्पनी हेटेरोले १० करोड डोज खोप उत्पादन गर्ने सहमति भएको रूसको खोप निर्माता कम्पनीले जनाएको छ । रूसको प्रत्यक्ष लगानी कोष (आरडिआइएफ)ले विज्ञप्ती जारी गर्दै हेटेरोले प्रति वर्ष १० करोड डोज खोप उत्पादन गर्ने बताएको हो। खोपको उत्पादन सन् २०२१ को सुरूदेखि नै प्रारम्भ हुनेछ ।

यसै साताको प्रारम्भमा रूसले स्पुतनिक खोपको क्लिनिकल परीक्षणमा ९५ प्रतिशत प्रभावकारी रहेको दाबी गरेको थियो । अमेरिकाका दुई कम्पनीले पनि आफ्ना खोपहरू ९० प्रतिशतभन्दा बढी प्रभावकारी रहेको बताइसकेका छन् ।

रूसले स्पुतनिक खोपको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रति डोजको १० अमेरिकी डलर पर्ने जनाएको छ। यो अन्य खोपहरुको तुलनामा निकै सस्तो रहेको बताइएको छ । रूसले गत अगस्टमै कोरोनाभाइरस विरुद्धको खोप तयार पारेको घोषणा गरेको थियो । तर ठूलो स्तरको क्लिनिकल परीक्षण नै नगरी रूसले आफ्नो खोप प्रभावकारी रहेको दाबी गरेपछि आशंका उत्पन्न भएको थियो।
अहिले स्पुतनिक खोपको तेस्रो तथा अन्तिम चरणको परीक्षण जारी छ ।

यस खोपका लागि ४० हजार व्यक्तिले स्वयमसेवीका रूपमा सहभागिता जनाएका छन् । तेस्रो चरणको परीक्षण पूर्व सोभियत गणतन्त्र बेलारुस, युनाइटेड अरब इमिरेट्स र भेनेजुएला समेतका मुलुकमा जारी छ । भारत बाहेक आरडिआइएफले स्पुतनिक खोप ब्राजिल, चीन र दक्षिण कोरियामा समेत उत्पादन हुने जनाएको छ । आरडिआइएफका प्रमुख किरिल डिमिट्रिएभले शुक्रबार जारी गरेको विज्ञप्तिमा स्पुतनिक खोप निकै सफल देखिएकाले यसलाई प्रयोग गर्न धेरै मुलुक इच्छुक हुने विश्वास व्यक्त गरेका थिए ।
रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा