परराष्ट्रमन्त्री र भारतीय विदेश सचिवबीच भेटवार्ता

काठमाडौँ, ११ मंसिर । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलाबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सचिव श्रृङ्गलाले आज सिंहदरवार स्थित परराष्ट्र मन्त्रालय पुगेर परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट गरेका हुन् । शिंहदरबारमा मन्त्री ज्ञवालीसँगको शिष्टाचार भेटपछि विदेश सचिव श्रृङ्गलाले कोरोना उपचारमा प्रयोग हुने भ्याक्सिन पहिले भारतमा उपलब्ध भए नेपाललाई पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

सचिव श्रृङ्गलाले नेपाल भारतको सम्बन्ध सभ्यतासँग जोडिएकाले जस्तो सुकै प्रतिकुल अवस्थामा पनि नबिग्रिएको दावी गरे । उनले भने, ‘कोभिड उपचारमा भारतले सबै छिमेकीहरुलाई सहयोग गर्दै आएको छ । त्यस्तै कोरोना उपचारमा प्रयोग हुने भ्याक्सिन आम रुपमा उपलब्ध हुँदा पहिले भारतमा आयो भने त्यो पनि सहयोग नेपालले पाउने हो । हाम्रो दुईपक्षीय सम्बनध सम्भयतासँग जोडिएको छ । यो धेरै बलियो छ । जस्तै प्रतिकुल अवस्थामा पनि यो विग्रिएको छैन् । कोरोना महामारीमा पनि हामीले छोडेनौं ।’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल भारतको सम्बन्ध समयअनुसार परिवर्तन गर्दै बलियो बनाउनुपर्ने बताए । यसैबीच भेटपछि विदेश सचिव श्रृङ्गलाले भारत सरकारका तर्फबाट नेपाललाई सदुई हजार भाइल रेम्डिसिभिर लगायत स्वास्थ्य सहायता हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको गरेको आरोपमा एक ५० वर्षीय एक पुरुसलाई प्रहरीले पक्राउ गरेको

दाङ, ३ माघ । दाङमा आगोमा जलेर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । तुुलसीपुर उपमहानगरपालिका वडा नं.

काठमाडौँ, ३ माघ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकास्थित काँडाघारीमा साढे २ वर्षीया बालिका बलात्कृत भएकी छिन् । आफन्तकोमा पाहुना लाग्न

पर्वत, ३ माघ । बाटोमा हिँडिरहेका व्यक्तिको सिक्री तथा झोला, मोटरसाइकल र स्कुटर प्रयोग गरी चोरी गर्ने गिरोह पर्वतमा पनि