सरकार मनको गरिब छैन : प्रधानमन्त्री ओली

काठमाडौँ, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले धनको गरिब भए पनि सरकार मनको गरिब नरहेको बताएका छन् ।

बालुवाटारमा आज नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रले सरकारको भन्दा धेरै काम गरेको भन्दै प्रशंसा गरेका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘पायोनियरका रुपमा निजी क्षेत्रले कामहरु सरकारले भन्दा राम्रो गरेको छ । नयाँ कारोबार क्षेत्र पत्ता लगाउने र त्यसलाई अघि बढाउने काम निजी क्षेत्रले गरेको छ ।’ यहाँहरुलाई सफलता बनाउन सरकारले सहयोग गर्छ ।’

प्रधानमन्त्री ओलीले कोरोनाका कारण देशको अर्थतन्त्र निकै नराम्रो अवस्थामा पुगेको र यसको पुनरुत्थानमा निजी क्षेत्रको भूमिा निकै महत्वपूर्ण हुने बताए । धेरै देशहरुले कोरोना पछि निजी क्षेत्रका लागि निकै आकर्षक राहत दिए पनि नेपाल सरकारले आर्थिक अवस्थाका कारण दिन नसकेको उनले स्वीकारे । तर, सरकार धनको गरिब भए पनि मनको गरिब भने नभएको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘उद्योगी व्यवसायी साथीहरुले कुरा उठाउनु भएको छ । कतिवटा देशले उद्योगको पुनरुत्थानका लागि धेरै पैसा दियो नेपाल सरकारले किन दिएन रु भन्ने कुराहरु उठेका छन्’ प्रधानमन्त्रीले भने, ‘यो सरकार मनको गरिब होइन, फाइनान्सियल अवस्था तपाईहरुलाई थाहा नै छ ।’

उद्योगीहरुलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई सवल बनाउन ऐन, नियम बनाउने लगायतका सहयोगका कामहरु सरकारले गर्ने बताए । उनले सरकारसँग धेरै बचत नभएका कारण चाहेर पनि धेरै सहयोग गर्न नसकेको बताए । ‘सरकारले गच्छे भन्दा एक कदम अगाडि बढेर तपाईहरुलाई साथ सहयोग गर्न हात बढाउनेछ, हामीसँग रिजर्भ सेभिङ्ग छैन’ प्रधानमन्त्रीले भने, ‘हामीले फेरि पनि साझा प्रयासबाट हाम्रो अर्थतन्त्रलाई अघि बढाउनुपर्छ । हाम्रा प्रयासहरु यसमा केन्द्रित छन् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रा कार्यकर्तालाई जंगलमा राखेर आफु दिल्लीमा बसेको बताएका

उदयपुर, १५ माघ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचन आयोगको निर्णय प्रचण्डलाई चित्त नबुझे अर्को दल दर्ता गर्न सक्ने बताएका छन्

काठमाडौँ, १५ माघ । जापान सरकारले निर्माण गरेको विपी राजमार्ग भूकम्पपछिको पुनःनिर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । विहिबार

काठमाडौँ, १५ माघ । निर्वाचन आयोगले आजदेखि देशैभरका पालिकामा मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरु गर्दैछ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार