काठमाडौँ, ११ मंसिर । भारत विदेशसचिवस्तरीय बैठक सुरु भएको छ ।
दरबारमार्गस्थित याक एण्ड यति होटलमा शुरु भएको उक्त विदेशसचिवस्तरीय बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गरेका छन भने भारतको तर्फबाट विदेशसचिव हर्षबर्द्धन श्रृंगला सहभागी रहेका छन ।
सो बैठकमा नेपाल भारत द्विपक्षीय सम्बन्धका सबै मुद्दाहरूमा छलफल गरिने बताइएको छ ।