नेपाल आउँदा रमाइलो लाग्यो : भारतीय विदेश सचिव श्रृंगला

काठमाडौँ, ११ मंसिर । भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले आज नेपाल आएका छन । 

उनले  काठमाडौं विमानस्थलमा पत्रकारहरुलाई नेपाली भाषामै प्रतिक्रिया दिदै उनले नेपाल आउँदा रमाइलो लागेको बताए । उनले भने, ‘मैले यहाँ पहिले नै आउन चाहेको थिएँ । तर, कोभिडका कारण त्यसो गर्न सकिएन’  ‘म यहाँ आउँदा धेरै खुशी भएको छु ।’

नेपाल भ्रमणको दुई दिने कार्यक्रमबारे जानकारी दिँदै नेपाली भाषामा पत्रकारहरुलाई दिएको छोटो प्रतिक्रिया :नेपालमा आएर मलाई अत्यन्तै खुशी लागेको छ । रमाइलो लाग्यो । म पहिला पनि काठमाडौं आको छु । तर, फरेन सेक्रेटरीका रुपमा प्रथम भिजिट हो मेरो । भारत र नेपाल निकटतम मित्र हो । मेरो निकै मिटिङ हुन्छ आज । हामी यो क्लोज फ्रेन्डसीपलाई कसरी अघि बढाउने कुरा गरौंला । आज पहिलो मिटिङ फरेन सेक्रेटरी (परराष्ट्र सचिव) सँग हुन्छ । त्यहाँदेखिन् फरेन मिनिस्टर (परराष्ट्र मन्त्री) प्रदीपकुमार ज्ञवालीज्यूसँग भेट हुन्छ । अरु उच्च गन्यमान्यहरुसँग पनि भेट हुन्छ होला । तपाईहरुलाई प्रोग्राम थाहा छ ।

भोलि म भारत नेपाल मैत्रीको विषयमा टक (भाषण) दिन्छु । त्यो भर्चुअल हुन्छ, त्यसैले सबैको पहुँचमा हुन्छ । म गोरखा शहरमा पनि जान्छु भोलि । त्यहाँ चाहिँ भूगोल भएर हाम्रो निकै विकास सहयोग नेपालमा हामीले डाइभर्ट गरेका थियौं । गोरखामा ५० हजार घर बनाउने हाम्रो, प्रधानमन्त्री मोदीको कमिटमेन्ट थियो । ४० हजार घर बनिसकेको छ । हाम्रो फोकस एजुकेसनमा पनि छ । तीनवटा स्कुल हामीले पुनर्निर्माण गरेका छौं । त्यो चैं भोलि उदघाटन हुन्छ । र, मनाङ जिल्लामा एउटा बुद्धिस्ट गुम्बा पनि हामीले पुनर्निर्माण गरेका थियौं । त्यो पनि भोलि उदघाटन हुन्छ । निकै धेरै प्रोग्राम छ, तपाईहरुलाई सूचना दिँदै गरौंला ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ माघ । मन्त्रिपरिषद् बैठकले गरेको २६ वटा महत्वपूर्ण निर्णयहरु सावर्जनिक भएको छ । आज सञ्चार तथा सूचना मन्त्री पार्वत

काठमाडौँ, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेपाली जनताले विश्वास गर्ने धार्मिक मठमन्दिरमा पाठपूजा गर्न जाने बताएका छन

काठमाडौँ, १४ माघ । नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा ‘पार्टी एकता राष्ट्रिय अभियान’को घोषणा गरेका छन ।  आज पत्रकार सम्मेलन गर्दै

काठमाडौँ, १४ माघ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट सुरु भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल