मन्त्री भट्टराईद्वारा ३ सय विपन्न नागरिकको कोरोना बीमा

काठमाडौँ, १० मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफूले प्राप्त गरेको कोरोना बीमा वापतको १ लाख रुपैयाँ आफ्नो निर्वाचन क्षेत्रका विपन्न नागरिकको कोरोना बीमा गर्न खर्चिएका छन् ।

मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईका अनुसार पर्यटन मन्त्री कोरोना भाइरसको संक्रमणबाट मुक्त भएसँगै उनले बीमावापतको एक लाख रुपैयाँ प्राप्त गरेका हुन् । सो रकमबाट मन्त्री भट्टराईले आफ्नो निर्वाचन क्षेत्र ताप्लेजुङका ३ सय न्यून आए भएका, विपन्न, विद्यार्थी, असहाय तथा मजदुरको कोरोना बीमा गर्न खर्च गरेका हुन् ।

साथै मन्त्री भट्टराईले आफ्नो तलवभत्ताबाट ताप्लेजुङ स्थायी ठेगाना भएका कुल १२७६ जनाको कोरोना बीमा गराइदिएका छन् । यसरी मन्त्री भट्टराईले कुल १५७६ जना नागरिकको कोरोना बीमा आफ्नो खर्चबाट गराइदिएको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ माघ । सर्वोच्च अदालतले अवहेलना सम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली, चारजना पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुख दमनाथ ढुंगानालाई

उदयपुर, १५ माघ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचन आयोगको निर्णय प्रचण्डलाई चित्त नबुझे अर्को दल दर्ता गर्न सक्ने बताएका छन्

काठमाडौँ, १५ माघ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीका दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । निर्वाचनसम्बन्धी छलफलका लागि आयोगले केपी

काठमाडौँ, १५ माघ । निर्वाचन आयोगले आजदेखि देशैभरका पालिकामा मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरु गर्दैछ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार