आज कहाँ कति थपिए कोरोना संक्रमित ? सूचीसहित)

काठमाडौँ, ९ मंसिर । थप १७ सय ९० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख  २४ हजार  ७८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ८४३ नमुना परीक्षण गर्दा थप १७ सय ९० जनामा कोरोना पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ९४७ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौँका ६९२ जना, ललितपुरका १९० र भक्तपुरका ६५ जना छन् ।

यस्तै सुनसरीका ११० जना, कास्कीका ८३, मोरङका ७५, काभ्रे र कैलालीका ६१/६१ जना, बाँके र रुपन्देहीका ३८/३८ जना, दाङका ३६, झापा र बर्दियाका ३३/३३ जना, गोरखाका २५, चितवनका १७, धादिङका १५, सिन्धुपाल्चोक र तनहुँका १३/१३ जना, पाल्पाका ११, सप्तरी र अर्घाखाँचीका १०/१० जना, नवलपुर, कविलवस्तु र नवलपरासीका ९/९ जना, नुवाकोट र स्याङ्जाका ८/८ जना, पर्सा, रामेछाप र कञ्चनपुरका ७/७ जनामा संक्रमण देखिएको छ।

लमजुङका ६ जना, इलाम, उदयपुर, तेह्रथुम, धनकुटा, बारा, रौतहट, सिराहा, दोलखा र डडेलधुराका ५/५ जना, पाँचथर, गुल्मी, दैलेख र रुकुम पश्चिमका ३/३ जना, भोजपुर, संखुवासभा, सोलुखुम्बु, धनुषा, महोत्तरी, मकवानपुर, सिन्धुली, बाग्लुङ, प्युठान, सल्यान र हुम्लाका २/२ जना तथा ओखलढुंगा, खोटाङ, सर्लाही, रसुवा, पर्वत, म्याग्दी, कालीकोट, जाजरकोट, जुम्ला, अछाम, दार्चुला र बझाङका १/१ जनामा पनि संक्रमणपुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की प्रभावशाली नेतृ नविना लामाले कुर्सी र सत्ता स्वार्थका कारण पार्टीमा विवाद उत्पन्न

काठमाडौँ, १५ माघ । सर्वोच्च अदालतले अवहेलना सम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली, चारजना पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुख दमनाथ ढुंगानालाई

काठमाडौँ, १५ माघ । थप २ सय १३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७० हजार ५

काठमाडौँ, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रा कार्यकर्तालाई जंगलमा राखेर आफु दिल्लीमा बसेको बताएका