सन्दीपले होबार्ट हुरिकेन्सबाट बीबीएल खेल्ने

काठमाडौँ, ४ मंसिर । नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) को दशौँ संस्करण होबार्ट हुरिकेन्सबाट खेल्न भएका छन् ।

होबार्टले बिहीबार बिहान विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको हो । यसअघि सन्दीपले मेलवर्न स्टार्सबाट लगातार दुई सिजन खेलेका थिए । सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लागेका हुन् र होबार्ट उनको दोस्रो टिम हो । सन्दीपले यस अघि बीबीएलको दुई सिजन खेल्दा २० खेलमा २६ विकेट लिएका छन् ।

सन्दीपले होबार्टबाट खेल्न पाउनु सम्मान भएको बताएका छन् । ‘बीबीएल १० को लागि होबार्टमा सामेल हुन पाउँदा सम्मान महसुस गरेको छु । अष्ट्रेलियामा मैले सधैँ माया र सम्मान पाएको छु,’ सम्झौतापछि २० वर्षे सन्दीपले भनेका छन्, ‘म ब्लन्डस्टोन एरिनामा खेल्नका लागि थप कुर्न सक्दिनँ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र