नेसन्स लिग फुटबलमा फ्रान्सको सहज जित

काठमाडौँ, ३ मंसिर । फ्रान्सले नेसन्स लिग फुटबलमा सहज जित निकालेको छ ।

गएराति घरेलु मैदान स्टाडे दि फ्रान्समा भएको खेलमा फ्रान्सले स्विडेनमाथि ४–२ को सहज जित निकालेको हो ।

फ्रान्स खेलको चौथो मिनेटमा पछि परेको थियो । खेलको चौथो मिनेटमा स्विडेनका लागि भिक्टर क्लासनले गोल गर्दै खेलमा अग्रता लिएका थिए । तर, १६ औं मिनेटमा ओलिभर जिरोउडले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । त्यस्तै ३६ औं मिनेटमा बेन्जामीन पाभर्डले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

खेलको ५९ औं मिनेटमा ओलिभरले व्यक्तिगत दोस्रो गोल गरे । उनले केलियन एमबाप्पेको पासमा गोल गर्दै फ्रानसलाई ३–१ को अग्रता दिलाए । खेल सकिन दुई मिनेट बाँकी रहँदा स्विडेनका लागि रोविन क्विसनले गोल गर्दै पाहुना टोली पुनः खेलमा फर्काउनले प्रयास गरेका थिए । तर, खेलको इन्जुरी समयमा किङ्सले कोमनले गोल गर्दै फ्रान्सलाई ४–२ को सहज जित दिलाए ।

एक खेल अगावै नेसन्स लिगको अर्को चरणमा प्रवेश गरेको फ्रान्सले समूह सीमा ६ खेल खेल्दै १६ अंक जोडेर अर्को समूहको शीर्ष स्थानमा रहँदै समूहको अन्त्य गरेको हो । स्विडेनले भने समान खेलबाट एक खेलमा जित र पाँच खेलमा हार सहित ३ अंक जोडेर समूहको पुछारमा रहँदै लिगको अन्त्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र