‘गलतलाई सत्य वनाई आफै न्यायधिस बनेर फैसला सुनाई रहेका छौं’

छत्र थापा

यदि प्रधानमन्त्री केपी ओली पश्चायतका प्रमहरुको सरकार संचालन अर्थात राजनीतिक जीवन कस्तो रहला ? कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, मनमोहन अधिकारी, डा. बाबुराम भट्टराई ? के हालत होला वा संपन्न ? मेरा मनमा खेलिरहेका तरंगहरुलाई आज समाजिक सन्जालमा अवगत गराउँदै मेरा मान्यजन शुभचिन्तक सहयोगी कमरेडहरु र आम जनमानसदेखि पनि उत्तर खोज्दैछु । आशा र विश्वास उत्तर पाउने छु ।

एउटै बुआ आमाको कोखदेखि जन्मिएका दुई छोराहरु जब विचार नमिलेर अलग हुन्छ । तब ती नमिलेका विचारहरुले हाँगा हाल्दै जान्छ, अनि वन्छ विशाल झाडीएकले अर्का दाजु वा भाईका दुखहरु देख्न सक्दैन । त्यस्तै हरेक पार्टीहरु गठनमा अधिराज्यभरदेखि राष्ट्रका लागि होस् वा आफ्ना स्वार्थपूर्तीका लागिहोस्, झरिचेउ जस्तै उम्रिएका हाम्रा नेपालका पार्टीहरुको कमि त छैन । तर हिजो मिलेका विचारहरु आज मिल्न सकेनन भोली दुई भाईका विचार जस्तै हुनेछन्, भएका छन् ।

तिनै दुई भाईको रोग नेपाल कम्यूनिष्ट पार्टी नेकपाभित्र सुरु भएकोछ र फुटको संग्राममा छ । फुटन पनि सहज छैन । मिलेर वस्न पनि जस्ले गर्दा अन्तिम वर्माअस्र प्रहार गरिने छ, प्रम तथा सरकार फेरवदल तर मुख्य कारण कुर्सी कै हो । फुट्ने फुटाउने भन्ने त धम्कि मात्र हुन । जस्ले फुटाए पनि जाने कहाँ हो । जन्ताहरु समक्ष नै हो तर जन्ताहरु यति आक्रोषित छन्, केवल सडकमा उत्रिन सकेका छैनन् । सामाजिक सञ्जालमा आफ्ना विचारहरु व्यक्त गरिरहेका छन् । तर नौ नौ महिने सत्ता मोहमा वसेका हाम्रा नेता तथा शिर्ष नेताहरुलाई जनआक्रोषले छुन सकेको छैन, देख्न सुन्न पनि केवल छ त आज मन्त्री, प्रम हुन्छु की रात्री वा भोली यहि सपनाले ग्रस्त वनाएकोछ । यो एक असफलताको घडि हो ।

यदि वर्तमान ओली सरकार फेरवदल भएमा आगामी प्रम तथा सरकारले सहयोग पाउँछ त वर्तमान ओली सरकारदेखि रु यो एउटा गम्भीर प्रश्न लाग्छ मलाई यदि सहयोग पाउँदैन भने फेरि के हुन्छ । पार्टी फुट्छ, सरकार ढल्छ अनि स्वदेशी विदेही शक्तिहरुको चलखेलको रणभुमी नेपाल वन्छ । विगतमा जस्तै गरि २०–३० वर्ष नेपालमा चुनाव हुँदैन अनि डा। भट्टराई जस्ता नेताहरुले खिलराज रेग्मी जस्ताका हातमा सत्ता सुम्पिन्छन् । नेपाल र नेपाली जन्ताहरु विना सरकारको देश र जन्ताहरु वनेर वस्न वाध्य हुनेछ अनि हुनेछन । दिल्लि र अमेरिकाका चाहाना पूरा ।

पार्टि एकता हुँदा विभिन्न समाचार माध्यमहरु र दलहरुका नेता तथा कार्यकर्ताहरुले दिएका अभिव्यक्तिहरु सत्य रहेछन कि जस्तै लाग्न महशुस हुँदैछ । आज दलिय र व्यक्तिगत स्वार्थ पूर्तीका लागि विदेशी शक्तिले एकता गरिदिएको भन्ने सवालहरु आज फेरि उनै विदेशी शक्तिहरु दलिय व्यक्तिगत स्वार्थ पूर्ती लागि प्रयोग हुँदैछ भन्दा फरक न होला ।

जस्ले गर्दा नेपाल कम्युनिष्ट पार्टी नेकपाका विना श्रीपेचवाला छोटे राजाहरुलाई अनुरोध छ । तपाईहरु सम्पूर्ण शिसाका घर भित्र आरमदायी जीवन विताउन सफलभएता पनि स्मरण गर्न अनुरोध छ, शिसा फुट्न समय लाग्दैन जस्ले गर्दा मिलिजुली खान वस्न सिक्नुहोस ।

राणातन्त्रकै पालादेखि गणतन्त्रसम्म यो देशमा जनताको नाम लिएर गित मात्र गाउने कलाकारहरु धेरै जन्मिए तर जनताको आर्थिक, नैतिक, भौतिक जीवन स्तर उठाउने एउटा पनि कलाकार जन्मिएका रहेन्छन् । केवल तलव भत्ता सुविधा उपचार विश्वभ्रमण दिल्ली र अमेरिकाका परिवार नाता गुट उपगुटका स्वार्थ पूरा गर्ने कलाकारहरु जन्मिएका रहेछन् भन्दा फरक नहोला तर केही जन्ता र देशका लागि जन्मिएका कलाकारहरु पनि देखियो मेरा हृदयदेखि स्वागत बधाई छ तर उनिहरुको मूल्य मान्यता र अवसर नै पाउँदैनन् केपी सरकार जस्तै थिएछन् । मैले ती कलाकारहरु लाई कलाकार मान्दैन जुन नामका र दामले वनेका कलाकार हुन, कामले होईन । सतिले सरापेको देश नेपाल भनेर मन बुझाउ वा राजनीति र अमेरिका दिल्ली खाएको देश नेपाल हो भनेर मन बुझाउ शव्द नै पाउँदैन ।

अन्त्यमा, यहि अनुरोध गर्दछु, स्वतन्त्र देश नेपाल र नेपालीलाई व्यक्तिगत दलिय नातावाद कृपावाद गुटको स्वार्थ पूर्ती गर्न गुलाम नवनाउन फेरि पनि हार्दिक अनुरोध छ । नेपालका राजनीतिक दलहरुका नेताहरुलाई विगारेको मैले र तपाईहरु हामी जन्ता र कार्यकर्ताहरुले हो किनकि गलतलाई ? सत्य वनाएर प्रचार प्रसार र महान् राजनेता वनाउँछौं भने सत्यलाई गलत सावित गर्न आफै प्रहरी प्रशासन अख्तियार पत्रकार न्यायधिवक्ता अधिवक्ता र न्यायधिस वनेर फैशला सुनाई रहेका छौं, होईन त हामी दोषी ?

मैले विगत लामो समयदेखि अवगत गराईरहेको विषए हो । राणा फालेर लिएको सत्ता राजपरिवार निहित भयो र राजा पञ्चायत फालेर लिएको गणतन्त्र दलिय नेताहरु र उनका सहयोगी कार्यकर्ताहरुलाई सिमित भयो । राणा राजा र गणतन्त्र लिन वनेका सहिद परिवारहरु आज पनि भोका र नाङगा अवस्थामा छन् । उनिहरुको मूल्याङकन प्रजातन्त्र लोकतन्त्र गणतन्त्रले गर्न सकेन भने अन्य जन्ताहरुको के गर्ला गरेकोछ ।

प्रजातन्त्र लोकतन्त्र गणतन्त्र र जन्ता महान् भन्ने नेताहरुको मुखमा उच्चारण हुने सस्ता शब्दहरु सस्ता लोकप्रियता कमाउन र सत्तामा पुग्न रहिरहन उच्चारण हुने शब्दहरु हुन फेरि हामीलाई यति भनिदिए वैज्ञानिक समाजवाद र साम्यवादका गद्दिमा वसेर चौरासी व्यन्जन खाने र हाई हाई गरि दिन कटाउने सपनाले ग्रस्त भएका छौं ।

वर्तमान सरकारले देखेका सपनाहरु जनहितमा छन् तर अहिलेसम्म सदनमा पास भएका विधएकहरुले जन्ताहरुको जीवन स्तर उठाएको भने छैन । अनुरोध गर्दछु, समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्न गराउन निम्न स्तरिय परिवारका झुपडिदेखि सुरु गरौं । तब सफल हुनेछ वार्षिक आउने बजेट जनप्रतिनिधिहरुको सुखसुविधा विलासि जीवनका लागि प्रयोग गर्ने गराउने होईन । प्रथम भोका नाङगा विमारी अशक्तहरुको उपचारदेखि सुरुगरौं । स्कुल कलेज सडक अस्पत्ताल सिचाई विजुली पिउने पानी कुन स्थानिय टोलमा छन् वा छैनन् । छन भने उक्त बजेट अन्य आवश्यक के छ रु लगानि गरौं साथमा अनुगमन पनि वजेट दिने अनुगमन शून्य हुनाको कारण नै कापीका पानामा वजेट सकिय विकास भयो तर जन्ताहरुले विकासको नाम र आकार र कलर कस्तो हुन्छ । कुन चराको नाम हो जानकारी पाउन सकेनन् ।

मेरा घरमा चौरासी व्यन्जन मर्निङ वाकमा घुमाउन लैजाने कुकुरले त खादैन भने हरेक जन्ताका घरमा चौरासी व्यन्जन कुकुरहरुले खादैनन् भन्ने गलत सोचको हाम्रा दलहरु र नेताहरुको प्रवृतिलाई अब नेपाली जन्ताहरुले सवक सिकाउनु नै छ । विगतमा सिकाएको भुलेछन् । अब हामीले जानकारी गराउनु छ । जन्ताहरु भोका र नाङगा पनि छन्, त्यो सवक अब फेरि सिकाउने दिन आएकोछ ।

राणा राजा पञ्चायत फाफेर गणतन्त्र लिने महान् नेपाली जन्ताले फेरि हरेक दलहरुका विना श्रौपेचका छोटे राजाहरु र युरोपियन युनियन र दल्लिका सहयात्रिहरुलाई आफ्नै परिवार भित्र पालेका छौं कि हामीले अब छानविन गर्ने दिनहरु सुरु भयका छन् । तपाईं हामी अधिराज्यभरदेखि एकता सहकार्य गरियो भने अवश्य पनि राणा राजा पञ्चायत फाले जस्तै फाल्न सफल हुनेछौं, विजय हुनेछौं ।

राणाकालदेखि गणतन्त्रसम्मका हाम्रा वीर सहिद पुर्खाहरुका सपना साकार हुनेछन् । खुशि हुने छन्, हामीलाई आशिर्वाद दिने छन् । अब अभियान आफ्नै परिवारदेखि संचालन गर्दै केन्द्रसम्म पुग्ने प्रयास गरौ । ए हजुर हो ज्यान र परिवार त पशु पन्छिले पनि पालेकोछ । हामी त मानिस हौं । दलका नेताहरुको गुट व्यक्तिगत र नावादका स्वार्थका लागि भन्दा समाज र देशका लागि लेख्न सिकौं ।

हाम्रा दायाँ वाँयाका छिमेकीहरु अन्तरिक्षमा कृषि फलाउन र विश्वमै आफ्ना दादागिरि सावित गर्न अमेरिकालाई पछाडि पार्न प्रतिष्पर्धा गर्दा हामी एउटा कुर्सीका लागि मरिहत्ने गरि रहेका छौं । अब त सरम गरौं, अति भए खति हुन्छ जब खति हुन्छ तब नाकावन्दिको सिकार हुन्छ ।

कति महानछौं, हामी नेपालीहरु भुकम्पले क्षतविक्षत वनाएको देशमा छिमेकीले नुनदेखि सुनसम्म लामो नाकावन्दी लगाई दियो । पाठ सिक्न सकिएन तर उल्टै छिमेकीको स्वागत र केपी सरकारको विरोध गरियो । नाकावन्दीबाट सिक्न नसकेको पाठ अब हामीले कोरोनादेखि पनि सिक्ने छैनौं । महान् छौं हामी नेपालीहरु किन सिक्ने पाठ हामीलाई दिल्ली जिन्दावाद छदैछ । गल्ति भएमा क्षेमा प्रार्थी छु ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बर्दिबास, ९ मंसिर । ६ वर्षीया बालिकाको हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा महोत्तरीको बर्दिबासमा प्रहरीले गोली चलाएको छ । प्रहरीको

पोखरा, ९ मंसिर । गण्डकी प्रदेशमा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप ११२ जनामा कोरोना भएसगै

मोरङ, ९ मंसिर । सिकार खेल्न प्रयोग हुने १२ बोर बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय

दाङ, ९ मंसिर । दाङबाट सात जुवाडेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राप्ती गाउँपालिका–२