‘हाम्रोमा टिके अध्यक्ष हुँदैन, अध्यक्ष हुन मन लागे महाधिवेशनमा जाऔं’

दिपेश खड्का

विश्वको कम्युनिष्ट इतिहास र लोकतन्त्रीक गणतन्त्रको वास्तविक चरितार्थलाई हेर्ने हो भने कार्यकता नै निर्णयक हुन्छन् । कार्यकर्ताले दिएको जिम्मेवारी बोध गर्नु नेतृत्वको कर्तव्य हो । लोकतान्त्रीक पद्धतिको प्रतिपादक मेकियावेलीले भन्नुभएको छ, ‘मुलुक र जनताको पक्षमा ९० प्रतिशतभन्दा बढी काम हुन्छ भने १० प्रतिशतभन्दा कमको लागि केही मात्रामा नेतृत्वले आवश्यकता अनुसार निरंकुशता बने हुन्छ । जुन सफलताको शिखर चुमोस । जनताबाट अनुमोदन होस् ।’

यसलाई नै आधार मानि नेपालमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पनि लागु गर्नु अवाश्यकता बढेर गएको छ । सत्ता स्वार्थ र कुर्सीको लागि देशी विदेशी तत्वको इसारामा गुट र उपगुटको नाममा विगतमा पार्टी तथा मुलुकलाई अस्थिरताको बाटोमा हिडाउने केही नेतृत्वले जनताले दिएको अभिमतलाई लत्याउँदै गुटको राजनीति गर्न पुनः सुरु गरेका छन् ।

जनताले अभिमत दिए । नेतृत्वले सत्ता स्वार्थको लागि लडाई हैन, मुलुकको विकास र समृद्धिको यात्रामा लडाई गर । लामो समयदेखी जनताको विकास र समृद्धिको चाहना वा सपनालाई पुरा गर । मुलुकमा राजनीतिक स्थायीत्व कायम गर । तर पछिल्लो समय नेकपा भित्र गरिएको सरकारविरुद्धको अभियानले जनताले दिएको अभिमतलाई लत्याएको मात्र छैन, मुलुकलाई अस्थिरताको पथमा डोर्याउने काम समेत शुरु भएको छ ।

राजनीति भनेको राज्य, सरकार र जनताबीचको अध्ययन गर्ने शास्त्र हो । जसले राज्य, सरकार र जनताको आवश्यकता र चाहनालाई पुरा गर्नुपर्छ । राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, अखण्डता, सार्वभौमीकतालगायतको साथमा मुलुकको हितमा एक ढिक्का हुनुपर्छ । माक्र्सवाद र जनताको बहुदलिय जनवादले भन्छ, व्यक्तिको हितलाई हैन, मुलुकको हितलाई काँधमा राख्नुपर्छ । तर पछिल्लो समय नेकपामा मुलुकलाई हितमा राख्ने नभई व्यक्तिवादी सोचको हावी हुँदै गएको छ । जसले गर्दा मुलुक अराजकताको बाटो अगाडी बढ्ने देखिन्छ ।

विगतमा ३० वर्षसम्म पार्टीको कार्यकारी पद तथा प्रधानमन्त्री सम्म बनिसकेका नेतृत्वले आफ्नो पालोमा लछारपटार नलाउने साथै पार्टीलाई अध्यारो समयमा टर्च लाईटले खोज्ने अवस्थासम्म पुर्याउनेले अहिले आएर म यो गर्छु र त्यो गर्छु भनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई चुनौति दिनु आकासतिर फर्केर थुक्दा आफ्नै अनुहारमा आए जस्तो मात्र हो । त्यस्तै १५/१६ वर्ष पार्टीको कार्यकारी पद तथा मुलुकको कार्यकारी पद सम्हाल्दा पार्टीलाई माटोमा मिलाएका केही गुटे नेताले आफ्नो व्यक्तिगत स्वार्थको लागि प्रधानमन्त्रीलाई लान्छना लगाई ‘झरे आँप नझरे झटारो’ गरेको जनताले राम्ररी बुझेका छन् । यसको हिसाव किताब त जनताले अवश्य गर्नेछन् ।

अर्को कुरा कम्युनिष्टमा कुनै पनि पद दसैंमा टिका लगाउँदा दक्षिणा पाउन त एक वर्ष कुर्नुपर्छ तर नेकपा जस्तो शक्तिशाली पार्टीको अध्यक्ष पद पाउनलाई टिका लगाएर पाउने हैन । अध्यक्ष पद पाउनको लागि कार्यकर्ताबाट अनुमोदित भएर आउनुपर्छ । हुनत तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपाको एकताको महाधिवेशन भएको छैन । एकताको महाधिवेशन नहुन्जेल सम्म दुई अध्यक्षको सहमतिमा गरिएको निर्णयमात्र मान्य वा बैधानीक हुन्छ । जसमा बहुमत र अल्पमतको कुनै अर्थ रहन्न ।

नेकपाको विधानमा नै उल्लेख गरीएको कुराालाई लत्याउँदै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, माधव कुमार नेपाल, झलनाथ खनाललागायतले गुटबन्दी गरी पार्टी अध्यक्ष केपी ओलीमाथि लगाईएका संगिन आरोपहरुले भन्न मल लाग्यो, ‘आफ्नो आंङको भैँसी पनि नदेख्ने तर अरुको आंङको जुम्रा पनि देख्ने ? कमरेडहरु कहिले काही विगतको आफ्नो इतिहास हर्दे वर्तमानको ऐन त हेर्ने गरौं ।’

प्रधानमन्त्री भएको दिनदेखी घरी अढाई वर्षको प्रम, घरी बैठक बोलाएन, घरी हामीलाइ टेरेन, घरी फल्नालाई भेट्यो, घरी अधिकार बाँडेन घरी फल्नालाई मन्त्री बनाएन भन्दै रातोदिन प्रमको ४-५ घन्टा समय आफ्नो स्वार्थ खोज्नमा बर्बाद गर्ने अनि नक्कली एजेण्डा उठाएर भित्री स्वार्थ पुरा गर्न खोज्ने ? प्रम ओली त्यती नादान हुनुहुन्न । कस कसका के नियत छन्, कसले कुन नियतले जुँगा चलाउछन, सब बुझ्नु हुन्छ । प्रम ओलीको अडान नभएको भए नेपाल र नेपालीको हविगत के हुन्थ्यो भन्ने कुरा विदेशी नियोगका ६५ देखी ७२ सालका चलखेल र तमाशा सम्झे पुग्छ । आज कोही ढिम्किम सक्छन ?

केपी ओली जस्तै शक्तिशाली अध्यक्ष हुन मन लागेको हो भने महाधिवेशन गरौ,हाम्रोमा टिके अध्यक्ष हुँदैन र कार्यकर्ताहरूले क-कसलाई हो थान्को लगाउनु पर्ने लगाईदि हाल्छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बर्दिबास, ९ मंसिर । ६ वर्षीया बालिकाको हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा महोत्तरीको बर्दिबासमा प्रहरीले गोली चलाएको छ । प्रहरीको

पोखरा, ९ मंसिर । गण्डकी प्रदेशमा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप ११२ जनामा कोरोना भएसगै

मोरङ, ९ मंसिर । सिकार खेल्न प्रयोग हुने १२ बोर बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय

दाङ, ९ मंसिर । दाङबाट सात जुवाडेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राप्ती गाउँपालिका–२