अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज नेपाल र बंगलादेशसँग भिड्दै

काठमाडौँ, २८ कार्तिक । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले बंगलादेशसँग ढाकामा रहेकाे बंगबन्धु रङ्गशालामा नेपाली समयअनुसार बेलुकी पौने ५ बजे प्रतिस्पर्धा गर्नेछ ।

मुजिब वर्ष ‘फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ अन्तर्गतको नेपाल र बंगलादेशको पहिलो खेल हुनेछ । नेपालले अर्को खेल आउँदो मङ्सिर २ गते खेल्ने कार्यक्रम तय भएको छ ।

मैत्रीपूर्ण खेलका लागि बंगलादेश गएका टोलीमध्ये एक जना खेलाडीलाई भने कोरोना सङ्क्रमण देखिएकाले उनलाई अस्पतालको आईसीयूमा राखिएको छ । उनको अवस्था सामान्य नै भए पनि यो खेल भने गुमाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र