नायिका आँचल निर्मात्री बन्ने तयारीमा

काठमाडौँ, २६ कार्तिक । नायिका आँचल शर्मा चलचित्र बनाउने तयारीमा रहेको वुझिएको छ । उदिप श्रेष्ठसँग बिहे गरेपछि आँचलले पनि चलचित्रमा लगानी गर्ने सोच बनाएकी हुन् । यसका लागि उदिप र आँचलले तयारी पनि गरिरहेका छन् । तर, यो प्रोजेक्ट सुरु हुन केही समय भने लाग्ने वुझिएको छ ।

चलचित्रका लागि निर्देशक मिलन चाम्सलाई अफर गरिएको छ । यो बिषयमा मिलन भन्छन्–‘म उदिपसँग नजिक छु । उदिप र आँचलको चलचित्र बनाउने सोच छ । यसका लागि उनीहरु तयारी पनि गरिरहेका छन् । म आफै लगातार ३ वटा चलचित्र निर्देशन गर्दैछु । यसैले, यी तिन चलचित्र नसकेसम्म आँचलको चलचित्रको काम सुरु गर्न मलाई गाह्रो पर्छ ।’

आँचल र उदिप पनि चलचित्रलाई विशेष बनाउने तयारीमा छन् । यसका लागि केही समय लिने तर राम्रो चलचित्र बनाउने उनीहरुको तयारी छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ मंसिर । माछापुच्छ्रे बैंक र ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा र द फर्न रेसिडेन्सि (भरतपुर, चितवन) बैंकका ग्राहकहरुलाई छुट

काठमाडौँ, ९ मंसिर । प्रभु बैंक लिमिटेडले ईकेवाईसी सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंक लि. मा खाता खोली कारोबार

काठमाडौँ, ९ मंसिर । एनआईसी एसिया बैंकको आजसम्म सेयर खरिद गर्नेले लाभांश पाउने भएका छन् । अर्थात २० प्रतिशत लाभांश सुरक्षित

काठमाडौँ, ९ मंसिर । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुनको मूल्य घटेर ९२