पर्यटकीय राजधानी लेकसाईडलाई विकास निर्माणको माध्यमबाट सिंगारिदै

पोखरा, २५ कार्तिक । मुलुकभर संघियताको कार्यान्वयनसँगै विकासका चारैतिरका ढोकाहरु खुल्ला भएका छन् । जनताको लामो समयदेखीको विकास प्रतिको तिव्र चाहना वर्तमान समयमा आई पुरा हुँदै गएको छ । लामो समयसम्म जनप्रतिनिधि विहिन भएका कारण विकासको गति सुस्ताएको थियो । तर हाल निर्वाचित जनप्रतिनिधि आएसँगै मुलुकमा विकास र समृद्धिको यात्रा अगाडी बढेकोमात्र नभई दैडिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा समृद्ध नेपाल : सुखी नेपालीको महान संकल्पलाई सार्थकतामा पुर्याउन निर्वाचित जनप्रतिनिधिहरु अहोरात्र खटिनुभएको छ । विगतमा जनताले विकास खोज्नुपर्नेमा अबका दिनमा विकासले जनता खोज्दै जाने अवस्था सिर्जना भएको छ । वर्तमान सरकारले जनताको माग र आवश्यकता दुवैलाई मध्यनजर गर्दै कुनै पनि आयोजनाहरु सञ्चालन गर्ने गरेको छ । त्यस्तै जनताको मनलाई जित्दै विधिको शासन स्थापना गर्दै तोकीएको समयमा नै आयोजना सम्पन्न गर्नु सरकारको मुख्य कार्य रहेको छ ।

यसरी विकासका सवै ढोकाहरु खुल्ला भएको र जनताको चाहना अनुसारको काम हुने ठाउँको रुपमा कास्की क्षेत्र नं. ३ ख पनि रहेको छ । जसको जस स्थानीय तह, प्रदेश सरकार तथा संघिय सरकारको भूमिका महत्वपूर्ण रहेको छ । यसमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सचिवालय सदस्य, पूर्वयुवा संघ नेपालका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीको भूमिका अतुलनिय रहेको छ ।

विकास निर्माणमा दैनिक एक कदम अघि बढ्ने मात्र नभई दैडिनुपर्ने मान्यताका साथ सांसद पहारीले आफ्नो निर्वाचन क्षेत्रलाई विकासको सुन्दर बगौंचाको रुपमा स्थापीत गर्ने उद्घोषका साथ काम गरिरहनुभएको छ । आयोजना ल्याउन र निर्माण कम्पनीलाई जिम्मा लगाएर बस्ने मात्र नभई दैनिक अनुगमन तथा कामको प्रगतिलाई जानकार लिँदै उहाँले दिगो र स्थायीत्वलाई उच्च प्राथमिकता दिइरहनुभएको छ । जसले गर्दा आयोजना निर्धारित समयमा नै स्थायीत्वसहित अगाडी बढिरहेको बताइएको छ ।

पोखराको मुख्य पर्यटकीय स्थलको रुपमा रहेको फेवातालको आँगनमा रहेको लेकसाईडलाई स्वच्छ, सफा, हराभर तथा सुन्दर र विकासित बनाउने कार्यले व्यापकता पाएको छ । फेवातालको संरक्षण, सम्बद्र्धन तथा प्रवद्र्धनका कार्यहरु एक पछि अर्को गर्दै भइरहेका छन् । जसले गर्दा फेवातालको साथ साथै लेकसाईडको समेत उन्नती र प्रगतिका ढोकाहरु खुल्ला भएका छन् । पार्क, हरियाली प्रवद्र्धन, फुट ट्रायल, धार्मिक सम्पदाको संरक्षण, हिमागृह खुल्ला गर्ने लगायतका कार्यहरुको व्यापक मात्रामा सुधार गरी आन्तरिक तथा वाह्य पर्यटकहरुको अकर्षणको केन्द्रविन्दुको रुपमा विकास भइरहेको छ ।

लेकसाईडमा मात्र नभई पोखराका विभिन्न ठाउँहरुमा विकासको लहर आएको बताउँदै सांसद पहारीले पर्यटकीय क्षेत्रलाई सुन्दर र व्यवस्थित बनाउने उद्घोषका साथ काम गरिरहनुभएको छ । जसमा आज गण्डकी प्रदेश सरकारबाट मुस्ताङचोक, शहिदचोक, हल्लनचोक हुँदै जिरो कि।मी।सम्मको (आस्पाल्ट) अमेरिकन प्रबिधिको कालोपत्रे काम हलनचोकबाट आज सुरु भएको छ । उक्त कार्यको भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतद्वारा संयुक्त रुपमा शुभारम्भ गरिएको छ ।

उक्त बाटो ५१५० मि. लम्बाई भएको प्रदेश सरकाबाट सवैभन्दा ठूलो बजेट ९ करोड ७८लाख १३ हजार ६ सय ६७ रकममा शुरु भएको उक्त सडकको निर्धारित समयमा गुणस्तरीय कार्य गर्न र गराउन सम्बन्धित पक्षलाई निर्देशन समेत भयो । ४ पौष २०७६ सालमा सम्झौता भई सम्पन्न मिति २५ असार २०७७ सम्ममा निर्माण सम्पन्न गर्नुपर्नेमा कोरोनाका कारण केही समय ढिला भएको बताइएको छ । अबको एक महिनाभित्र निर्माण सम्पन्न हुने समेत बताइएको छ ।

कुनै पनि आयोजनालाई लक्षीत उद्देश्य तथा निर्धारित समयमा नै सम्पन्न गराउन सवैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आग्रह गर्दै सांसद पहारीले आयोजना निर्माणका क्रममा आइपर्ने जस्तोसुकै समस्या समाधान गर्न हाजिर हुने प्रतिवद्धता समेत जनाउनुभयो ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले हिजो नवलपुरमा २५ सय घरधुरीलाई खानेपानीको उद्घाटन गर्नुभएको जानकारी गराउँदै सांसद पहारीले ग्यान्टीन चोकबाट गौडा चौतारासम्म ७० लाखको लागतमा पुट ट्रायल बन्ने क्रममा रहेको जसमा १० लाख रुपैया स्थानीय तहको र ६० लाख रुपैंया प्रदेश सरकारले बजेटको व्यवस्थापन गरेको बताउनुभयो । उहाँले तीनै तहका सरकारद्वारा सयौं आयोजनाहरु निर्माणमा रहेको उल्लेख गर्दै जनता अबका दिनमा विकासबाट टाढा हुन नसक्ने समेत उल्लेख गर्नुभयो । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा सरकारलाई सम्पूर्ण जनताको तर्फबाट धन्यवादसमेत उहाँले व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सयले घटेर ९१

काठमाडौँ, १२ मंसिर । नेपाल राष्ट्र बैंकले आज शुक्रबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, ११ मंसिर । नेपाली सेयर बजार ४ वर्ष अघिकै अवस्थामा आइपुगेको छ । ४ वर्ष अघि अर्थात २०७३ साउन

काठमाडौँ, ११ मंसिर । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ९१ हजार ५ सयमा