न्युजिल्याण्डका साना व्यवसायीलाई व्याज मिनाहाको घोषणा

वेलिङ्टन, २५ कार्तिक । न्युजिल्याण्डमा नवगठित सरकारले साना व्यवसायीहरूका लागि विषेश राहत कार्यक्रमको घोषणा गरेको छ । लेबर पार्टीको सरकारको पहिलो मन्त्रीपरिषद्को बैठकले साना व्यवसायीलाई बचाइ राख्न सोमबार बलियो राहत कार्यक्रम घोषणा गरेको हो ।

कोरोनाभाइरसका कारण मर्कामा परेका साना व्यवसायीलाई उठाउनका लागि बलियो सहयोगका कार्यक्रम बनाइएको सरकारी अधिकारीले जानकारी दिएका छन् । साना व्यवसायीहरू राज्यको अर्थतन्त्रको एउटा महत्वपूर्ण अंश भएकाले उनीहरुलाई सहयोग गरेर देशको अर्थतन्त्र पनि जोगिने भएकाले समेत उनीहरुका लागि राहतको कार्यक्रम ल्याइएको सरकारले जनाएको छ ।

“आजको मन्त्रीपरिषद्को बैठकले साना व्यवसायीका लागि राहतको प्याकेज दिने निर्णय गरेको छ, यसअघि दिदै आएका सहुलियतहरूको म्याद पनि थप गरिएको छ,” प्रधानमन्त्री जसिन्दा अर्डेर्नले सोमबार भन्नुभयो । मन्त्रीपरिषद् बैठकपछिको सम्वोधनका क्रममा उहाँले यस बर्ष म्याद सकिन लागेका राहत तथा सहुलियतका कार्यक्रमहरु सन् २०२३ को डिसेम्बर ३१ सम्म जारी रहने जानकारी दिनुभयो ।

कोरोनाका कारण मर्कामा परेका साना व्यवसायीहरुलाई एक बर्षदेखि दुई बर्षसम्म व्याज मिनाहा सहुलियत दिइने उहाँले बताउनुभयो । “कोरोनाभाइरसको महामारी न त डिसेम्बरसम्ममा सकिन्छ, न त हाम्रो राहत प्याकेज सकिन्छ,” उहाँले भन्नुभयो । फरक व्यवसायलाई फरक समय र अवस्थाको राहत प्याकेज चाहिने भएकाले त्यही अनुसारको व्यवस्था गरिएको पनि प्रधानमन्त्री अर्डेर्नले जानकारी दिनुभयो । कठिन समयमा व्यवसायीहरुलाई सरकारले पछाडिबाट धकेल्ने काम गर्नु नै महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।

“अर्थतन्त्रलाई पुनःउत्थान गर्नु सरकारको प्राथमिकता हो, त्यसका लागि साना व्यवसायीलाई बचाउनु पुन ःउत्थानका लागि मुख्य उपाय हो,” उहाँले भन्नुभयो । न्युजल्याण्डमा हालै भएको निर्वाचनपछि गठन भएको सरकारका मन्त्रीहरुले शुक्रबार सपथग्रहण गरेका हुन् । त्यसपछि सोमबार पहिलो बैठक बसेको हो । निर्वाचनअघि पनि सरकारको नेतृत्व गर्नुभएकी अर्डेर्नले कोरोनाभाइरसको महामारी व्यवस्थापनका लागि प्रभावकारी, परिपक्व र जिम्मेवार भूमिका खेलेको ठानेर अहिलेको निर्वाचनमा अझ धेरै जनमत पाउनुभएको छ । रासस/एएनआई

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा