कोरोनाबाट बच्दै विकास र सामाजिक क्षेत्रमा निरन्तर खट्दै सांसद बस्नेतसहितको टोली

भक्तपुर, २५ कार्तिक । एकातर्फ विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिमको खतरा रहेको छ भने अर्का तर्फ जनताको विकास प्रतिका तिव्र चाहना पुरा गर्नु वर्तमान जनप्रतिनिधिको काँधमा ठूलो जिम्मेवारी रहेको छ ।

सोही अनुसार कोरोनाको कहरका बीचम पनि सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसमाका सांसद महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापा, उपप्रमुख जुना बस्नेत, प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली, स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेतृत्व, कार्यकर्ता तथा आम नागरिकको साथ, सहयोग, सहकार्यले नै भक्तपुरमा विकासका असंख्य ढोकाहरु खुल्ला भएका छन् ।

आफ्नो परिवारमा ८ जनाको कोरोना संक्रमण पश्चात कोरोनामुक्त भई हाल निरन्तर रुपमा विकास र सामाजिक क्षेत्रमा नेतृत्व गरिरहनुभएका सांसद बस्नेतको पाँचौ पटक परीक्षण गर्दा समेत पिसिआर नतिजा नोगेटिभ आएको छ ।

उहाँले भन्नुहुन्छ, ‘आवश्यक स्वास्थ्य सतर्कता र सामाजिक दुरी कायम गर्दा कोरोना सर्दैन । हप्तै पिच्छे पटक पटक संक्रमण जोमिम रेखाभित्र परेको आशंका गरिएपनि हालसम्म कोभिड १९ को संक्रमणबाट बच्न सफल भएको छु । कोरोनाको कहरकाबीच पनि विकास र सामाजिक क्षेत्रमा अहोरात्र खटिरहेको छु । जस्तोसुकै परिस्थिती आए पनि भक्तपुरको समृद्धिको यात्रालाई निरन्तरता दिन्छु ।’

तस्तै नगरप्रमुख थापा पनि हालसम्म कोरोना मुक्त रहनुभएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाद्वारा सञ्चालीत कोरोनाको स्वाव संकलनको लागि घुम्ती सिविरमा खटिएको स्वास्थ्य शाखा प्रमुख बसन्त चापागाई, स्वास्थ्य संयोजक विक्रम मगर, जनस्वास्थ्य निरीक्षकद्वय सुन्दरहरी श्रेष्ठ र पुण्यप्रसाद काफ्ले तथा ल्याव टेकनिसियनद्वय अनु राजथला र सविना श्रेष्ठसमेत कोरोना संक्रमणबाट मुक्त नै रहनुभएको छ ।

https://www.facebook.com/kamaljnawali/videos/3644073832282390

प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली भन्नुहुन्छ, ‘आवश्यक स्वास्थ्य सर्तकता र सामाजिक दुरी कायम गर्दै स्थानीय, प्रदेश र नेपाल सरकारका दैनिक क्रियाकलाप, विकास ब्यवस्थापन र स्वास्थ्य सम्वन्धी आम गतिविधि सञ्चालन, ब्यवस्थापन र समन्वय गर्नु नितान्त आवश्यक छ । सरकार दिन रात २४ सै घण्टा, हप्तामा सातै दिन र महिनामा ३० सै दिन गतिशील, चलायमान र क्रियाशील हुने यसको सैद्धान्तिक चरित्र हो । यसलाई सबै सार्वजनिक पद धारण गरेका पदाधिकारीहरुबाट पालना गर्ने गराउने प्रयास गरौं । सुरक्षित हुँदै सुरक्षित बनाउँदै आम नागरिकको सेवामा समर्पित माननीय महेश बस्नेतज्यू प्रति हार्दिक आभार ब्यक्त गर्दछु ।’

File Photo

यसै क्रममा सांसद बस्नेतसहितको टोलीले आज शहरी विकास तथा भवन निर्माण विभागद्वारा विनियोजित रु १ करोडको लागतमा सूर्यविनायक नगरपालिका वडा नं १ को एनसेल टावरबाट बिरुवा पिपलबोट हुँदै बिरुवाको बसपार्क जाने बाटो ६ मिटर चौडा, विस्तार र स्तरोन्नतिको लागि भैरहेको कामको स्थलगत अनुगमन गरेको छ ।

सडक विभागबाट विननियोजित बजेट द्वारा मध्यपुर नगरपालिका वडा नं १ लोकन्थलीको अरनीको राजमार्गबाट दक्षिण, मनोहरा खोला पुर्व, हनुमन्ते खोला र टिकाथली उत्तर पट्टीको मनोहरा आयोजना भित्रका ८ मिटर चौडा सम्पूर्ण सडकहरु (आस्फाल्ट पिच) कालोपत्रे गर्न भैरहेको कामको स्थलगत अनुगमन गर्नुभएको छ । उहाँले अनुगमनका क्रममा देखिएका गल्ती तथा कमजोरिलाई सुधारेर अघि बढ्न समेत निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ मंसिर । एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) मार्फत ग्राहक महानुभावहरूले आफै मुद्दती खाता खोल्न

काठमाडौँ, १७ मंसिर । आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सयले

काठमाडौँ, १७ मंसिर । नेपाल राष्ट्र बैंकले रु ५० अर्ब बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट सङ्कलन गर्नेभएको छ । आज  केन्द्रीय बैंकले

काठमाडौँ, १७ मंसिर । नेपाल राष्ट्र बैंकले आज सोमबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate