काठमाडौँ, २५ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य शंकर पोखरेलबीच छलफल भएको छ ।
मंगलबार विहान पोखरेल प्रचण्ड निवास खुमलटार गरेको उनको सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार विहान ९ बजेतिर भएको भेटमा पार्टीको आन्तरिक विवादको समाधानका विषयमा उनीहरुबीच छलफल भएको थियो ।
दुई अध्यक्षबीच तिक्तता हुँदा पार्टी संकटमा पर्ने र बाहिर गलत सन्देश गइरहेको भन्दै अध्यक्ष प्रचण्डलाई मुख्यमन्त्री पोखरेलले सहमतिमा आउन आग्रह गरेको बताईएको छ ।