वुमन्स टी-२० च्यालेन्जको उपाधि ट्रेलब्लेजर्सले जित्यो


काठमाडौँ, २५ कार्तिक । वुमन्स टी-२० च्यालेन्जको उपाधि ट्रेलब्लेजर्सले जितेको छ । कप्तान मृति मान्धानाको अर्धशतक र सल्मा खातुनको ३ विकेट मद्दतमा ट्रेलब्लेजर्सले साविक विजेता सुपरनोभालाई १६ रनले पराजित गर्दै पहिलो पटक उपाधि जितेको हो ।

युएईको शारजहाँमा भएको फाइनलमा ब्रेलब्लेजर्सले दिएको ११९ रनको लक्ष्य पछ्याएको सुपरनोभाले निर्धारित १० ओभरमा ७ विकेट गुमाएर १०२ मात्र बनाउन सक्यो । सुपरनोभाका लागि कप्तान हर्मनप्रित कौरले सर्वाधिक ३० रन बनाइन् । ट्रेलब्लेजर्सका लागि सल्मा खातुनले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिइन् । यस्तै दिप्ती शर्माले २ ओभरमा ९ रन खर्चेर २ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ट्रेलब्लेजर्सले २० ओभरमा ८ विकेट गुमाएर ११८ रन बनाएको थियो । ट्रेलब्लेजर्सको कप्ता कप्तान मान्धानाले ४९ बल खेल्दै ५ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ६८ रन बनाइन् । यस्तै ड्रिएन्ड्रा डटिनले २० र रिचा धोषले १० रन बनाइन् । सुपरनोभाका लागि पुनव यादवले उत्कृष्ट बलिङ गर्दै एक्लै ५ विकेट लिइन् । उनले ४ ओभरमा १६ मात्र खर्चेकी थिइन् ।

तीन टिम सम्मलित लिगको समूह चरणमा सुपरनोभाले ट्रेलब्लेजर्सलाई २ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । तर फाइनलमा ट्रेलब्लेजर्सले तयसको बदला लिँदै पहिलो पटक उपाधि जितेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ वैशाख । संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएर पदमुक्त भएसँगै नयाँ सरकार गठनका लागि दौडधुप शुरु

काठमाडौँ, २९ वैशाख । जनता समाजवादी पार्टी केपी शर्मा ओलीको विकल्प दिने विषयमा दुई धारमा विभाजित हुँदा नयाँ सरकार गठन प्रक्रिया

काठमाडौँ, २९ वैशाख । गण्डकी प्रदेशमा पृथ्वीसुव्वा गुरुङ नै मुख्यमन्त्री बन्ने संकेत देखा परेको छ । काँग्रेस लगायत विपक्षी गठबन्धनले

काठमाडौँ, २९ वैशाख । सांसद पदबाट सामूहिक राजीनामा दिने तयारीमा रहेको नेकपा एमाले नेपाल समूह सोमबार बिहान एकाएक राजीनामा नदिने बरु

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021