काठमाडौँ, २५ कार्तिक । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको फाइनल आज हुँदैछ । फाइनल खेल नेपाली समयअनुसार आज राति पौने ७:४५ बजेबाट सुरू हुने छ ।
उपाधिका लागि सर्वाधिक ४ पटकको च्याम्पियन मुम्बई इन्डियन्स र पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिटल्स भिड्ने छन् । दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई पराजित गर्दै दिल्ली फाइनल पुगेको हो । पहिलो क्वालिफायरमा दिल्ली मुम्बईसँगै ५७ रनले पराजित भएको थियो ।
यसपट उपाधि जित्दै दिल्लीले अर्को इतिहास बनाउन चाहन्छ । तर सर्वाधिक च्याम्पियन मुम्बईलाई हराउनु दिल्लीका लागि सजिलो भने पक्कै छैन । यस सिजनमा मुम्बईले दिल्लीलाई तीन पटक हराएको छ । मुम्बईले यसअघि ४ पटक आईपीएलको उपाधि जितिसकेको छ ।