संयुक्त राष्ट्रसंघीय समितिमा नेपालकी बन्दना राणा निर्वाचित

काठमाडौँ, २५ कार्तिक । नेपालकी बन्दना राणा संयुक्त राष्ट्र संघीय समितिमा निर्वाचित भएकी छिन् । राष्ट्रसंघीय ‘महिलाविरुद्ध सबै स्वरुपका विभेद हटाउने सम्बन्धी सम्झौता’ (सीईडीएडब्लू) समितिमा नेपालको तर्फबाट १३७ भोट ल्याएर विजयी भएकी हुन् ।

यसअघि पनि राणा उक्त संस्थाको सदस्य थिइन् । सन् २०१७ देखि २०२० सम्मको कार्यकालका लागि निर्वाचित भएकी राणाको उक्त कार्यकाल यही ३१ डिसेम्बरमा सकिनेवाला थियो । तर अब १ जनवरी २०२१ देखि दोस्रो कार्यकाल शुरु हुनेछ ।

समितिमा ११ सदस्यका लागि १९ देशले उम्मेद्वारी दर्ता गरेका थिए । तर, तीन देशले उम्मेद्वारी फिर्ता लिएपछि १६ देशबीच प्रतिस्पर्धा भएको थियो, जसलाई १८९ सदस्य राष्ट्रहरूले मतदान गरेका थिए ।

निर्वाचित भएपछि राणाले फेसबुकमार्फत सबै मतदाता देशलाई धन्यवाद दिएकी छन् । साथै समितिमा आफू अझै प्रतिबद्ध र जिम्मेवार भएर महिलाविरुद्ध हुने सबै विभेदविरुद्ध लागिपर्ने उनले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँमा २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौँ, २८ वैशाख । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ८ वटा महत्वपूर्ण निर्णयहरु

तनहुँ, २८ बैशाख । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट-८ पचुवा

पोखरा, २८ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021