मेलम्चीको पानी सुरुङमा पठाइने मिति तय

काठमाडौँ, २५ कार्तिक । मङ्सिर दोस्रो सातादेखि मेलम्ची खोलाको पानी सुरुङमा पथान्तरण गरिने भएको छ । यो दोस्रो पथान्तरण हुनेछ । यसअघि गत असारमा पथान्तरण गर्दा एक्कासि प्रवेशद्वार (गेट) खुलेर दुर्घटना भएपछि पुनः गेट जडान गरी पानी पथान्तरण गर्न लागिएको खानेपानी मन्त्रालयले जनाएको छ । पानी पथान्तरण गरिएको पानी सुन्दरीजलमा आइपुग्न दुई महिना लाग्नेछ ।

सुरुङमा चारवटा गेटको फ्रेम परिवर्तन गरी जडानको काम भइरहेको छ । सुरुङ फिनसिङको काम सकिएको र हेडवक्र्सको काम भने भइरहेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए । हाललाई अस्थायी डाइभर्सनबाट सुरुङमा पानी पथान्तरण गरिने छ र सोही अस्थायी डाइभर्सनबाटै सुन्दरीजलमा पानी ल्याइने छ ।

खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यका अनुसार हाल अम्बाथान र ग्याल्थुमको गेट जडान भइरहेको छ । पथान्तरणका क्रममा अम्बाथानको गेट भत्किएपछि चारवटै गेटको पुनः निर्माण गर्नु परेकाले पानी आउन ढिलाइ भएको हो । सुरुङ परीक्षण र हेडवक्र्सको काम भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । सुरुङ फिनिसिङको एक वर्षे सम्झौताको म्याद यही कात्तिक १५ मा सकिएको छ । कोरोनाले प्रभावित भएकाले छ महिनासम्म म्याद थप गर्न सकिने समिति जनाएको छ । हेडवक्र्स सम्पन्न गर्ने सम्झौता २०७७ माघसम्म हो । 

काम भइरहेकाले सम्झौता अवधिमै सकिने सम्भावना रहेको पन्तको भनाइ छ । उनले भने, “हेडवक्र्स निर्माणको काम भइरहेको छ । सम्झौता अवधि पनि बाँकी छ । लकडाउनले प्रभावित भएको छ त्यसैले कामको प्रकृति हेरी म्याद थप हुनसक्ने सम्भावना पनि छ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असार । सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेको छ । आन्तरिक राजस्व विभागले

काठमाडौँ, २ असार । नबिल बैंकको सम्पूर्ण कारोबार असार ४ गतेदेखि ७ गतेसम्म बन्द हुने भएको छ । मंगलबार बैंकले

काठमाडौँ, २ असार । नेपाल राष्ट्र बैंकले बुधबार विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate for June

काठमाडौँ, २ असार । पछिल्लो समय चर्को राजनीतिक अस्थिरतामा अल्झेका प्रदेश सरकारहरूले आधाभन्दा बढी रकम विकासका लागि विनियोजन गरी आगामी आर्थिक