बोट नरोपी सिधैं फल टिप्न भर्याङ्ग खोज्नेहरुले बुझ्नु पर्ने केही कुराहरु

सरोजकुमार तामाङ

१. २०५५/४/२५ गते संसदमा नेपाली भूमीबाट भारतीय सेना फिर्ता हुनुपर्छ भनि आवाज उठाउने केपी ओली खोक्रो राष्ट्रवादी हुन भने भरिलो राष्ट्रवादी को ?

२. भारतीय नाकाबन्दीको डटेर सामाना गर्ने केपी ओली खोक्रो राष्ट्रवादी हुन भने असली राष्ट्रवादी को ?

३. भुपरिवेष्ठित मुलुकबाट भु-जडित देश बनाउने केपी ओली खोक्रो राष्ट्रवादी हुन भने सच्चा राष्ट्रवादी को ?

४. नेपाली कांग्रेसले बेचेको कालापानी लिपुलेक लिम्पियाधुरा सहितको नक्सा जारी गर्दा केपी ओली खोक्रो राष्ट्रवादी हुन्छ भने खदिलो राष्ट्रवादी को ?

५. दिल्ली दर्शन गर्ने परिपाटीलाई काठमाडौँ दर्शन बनाउँदा केपी ओली खोक्रो राष्ट्रवादी हुन भने असली राष्ट्रवादी को ?

६. महामारीको बेलामा पनि रानीपोखरी, नेपाल रेलवे, बिजुली बस, धरहरा लगायत राष्ट्रिय गौरवको आयोजनाहरु अगाडी बढाउदा केपी ओली खोक्रो राष्ट्रवादी हुन भने भरिलो राष्ट्रवादी को ?

७. राज्यबाट तलब भत्ता सुविधा नलिने केपी ओली खोक्रो राष्ट्रवादी हुन भने असली राष्ट्रवादी को ?

८. देश भित्रै पेट्रोलियम पदार्थको उत्खनन गर्ने केपी ओली खोक्रो राष्ट्रवादी हुन भने सच्चा राष्ट्रवादी को ?

९. जग्गेमा हैन ७ बर्ष पछि बिदेशीले अंगिकृत नागरिकता प्राप्त गर्न सकिन्छ भन्दा केपी ओली खोक्रो राष्ट्रवादी हुन भने असली राष्ट्रवादी को ?

१०. देशलाई निम्न आयबाट मध्यम आय भएको देशमा पुरयाउने केपी ओली खोक्रो राष्ट्रवादी हुन भने भरिलो राष्ट्रवादी को ?

११. विकसित देशले जनतालाई सेल्फ क्वारेन्टाइन भन्दा सिमित स्रोत साधनको बाबजुद पनि सरकारी क्वारेन्टाइनमा राख्ने केपी ओली खोक्रो राष्ट्रवादी हुन भने असली राष्ट्रवादी को ?

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश, समाज र जनताको हित हुने गरी सत्य र तथ्यमा आधारित

काठमाडौँ, ९ भदौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) कालो चस्मा लगाएरै संसद्मा जाने सूचना दिएका छन् । प्रधानमन्त्री शाहको सचिवालयले प्रधानमन्त्रीले

काठमाडौँ, ९ भदौ । राष्ट्रिय सभाको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई

सुनसरी, ९ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कोशी नदीको कटानबाट धार्मिक तथा सांस्कृतिक धरोहर बराहक्षेत्रलाई