काठमाडौँ, २४ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पछिल्लो समय विवाद चरम उत्कर्समा पुगेको छ ।
नेकपाभित्र विवादको मुख्य जड नै पदीय भागवण्डा रहेको छ । गुटको नाममा आफ््नो स्वार्थ पुरा गर्ने कार्यमा नेताहरु रहेको कार्यकर्तामात्र नभई आम नेपाली नागरिकले स्पष्ट बुझेका छन् । भागबण्डा तथा आफन्तको चक्करमा रमाउने नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पूर्वएमालेका नेता तथा कार्यकताले मात्र हैन, आफ्नै नेता तथा कार्यकताले समेत आन्तरिक रुपमा व्यापक गुनासो गर्ने गरेका छन् ।
आफ्नो स्वार्थ पूर्तीको लागि गुटको नाममा गरिने पार्टी विभाजन सम्मको हर्कतलाई प्रचण्डकै खास नेताले समेत कडा रुपमा प्रतिवाद गरेका छन् । जसले गर्दा अध्यक्ष प्रचण्डको विगत कस्तो थियो भनेर समेत छर्लङ्ग बनाइदिएको छ । आफ्नो स्वार्थ पुरा गर्न झुट बोलेर पूर्वएमालेका माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतका नेताहरुलाई अन्धकारको भूमरिमा बनाउन समेत सफल नेताको नाम हो प्रचण्ड ।
पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग एउटा विषयमा छलफल गर्ने अनि नेता नेपाल, खनाल, गौतमसँगको उक्त विषयलाई तोडमोड गरी झुट कुरा बोल्दै आक्रामक बनाउने गरेको कुरा समेत खुलेको छ ।
प्रचण्डको विगत र वर्तमानको अवस्थालाई मुल्याङ्कन गर्न पूर्वमाओवादी तथा प्रचण्डका खास ७ जना नेताले लगाएको ७ वटा आरोप
१. प्रचण्डको कुरा कस्ले पत्याउँछ, १५ वर्षमा उहाँले के-के सत्य बोल्नुभयो ? अझै पनि उहाँको कुरा पत्याएर बस्ने अवस्था छ र ?, …………………. लेखराज भट्ट
२. प्रचण्ड एक विचार नभएका नेता हुन्, …………….. रिबोल गजुरेल
३. ‘रोशनी शाही प्रकरण’मा आरोप प्रमाणित नहुँदै सचिवालय बैठकमा कारवाहीको प्रस्ताव स्वयं प्रचण्डले राखेपछि म झस्केँ, ……………. कृष्ण बहादुर महरा
४. “प्रचण्डभन्दा ओली क्रान्तिकारी” भन्दै प्रचण्डसँग कम्युनिष्ट आन्दोलनलाई अघि बढाउने कुनै योजना नभएको नेता, ………………. मणी थापा नेकपा
५. भित्र पूर्वएमाले र पूर्वमाओवादी भनेर गुटबन्दीमा नलाग्न प्रचण्डलाई सुझाव, ………….टोप बहादुर रायमाझी
६. देश र परिस्थिति अनुसार अहिलेको अवस्थामा प्रचन्ड भन्दा केपी ओली ठिक, ……….दीनानाथ शर्मा
७. प्रचण्डमा परिवारवाद हावी भएको छ, ……….चक्रपाणि खनाल