काठमाडौँ, २४ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १४२८ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ११३६, भक्तपुरमा ९१ र ललितपुरमा २०१ गरी १४२८ जनामा संक्रमण पुष्टि भएको हो ।
थप २७ सय ७१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ९७ हजार २४ जना पुगेको छ ।