कोरोनाको अवस्था पत्ता लगाउन संकलन गरिएको नमुनाको परीक्षणको सुरु

काठमाडौँ, २४ कार्तिक । नेपालमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन ‘सेरो प्रिभिलेन्स सर्भे’ का लागि देशभरबाट संकलन गरिएको नमुना (एन्टिबडी)को परीक्षण सुरु भएको छ । 

विश्व स्वास्थ्य संगठनको सहयोगमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले सातै प्रदेशमा तीन हजार १५० जनाको नमुना (रगत) संकलन गरेको थियो । महाशाखाका निर्देशक डा. वासुदेब पाण्डेले प्रत्येक प्रदेशबाट ४५० जनाको दरले तीन हजार १५० जनाको दसैंअघि नै नमुना संकलन गरिएको जानकारी दिए । 

उनका अनुसार सातैवटा प्रदेशमा प्रत्येक प्रदेशको ३० वटा वडाका १५ परिवारको नमुना लिइएको छ । महाशाखाका अनुसार विदेशबाट आएको चार साता भएका र पाँच वर्षमाथिका उमेर समूहका व्यक्ति नमुना लिइएको जनाएको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाका अनुसार विश्व स्वास्थ्य संगठनले रि-एजेन्ट गत साताको अन्तिममा दिएको थियो अहिले परीक्षणको कार्य भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ मंसिर । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ९१ हजार ५ सयमा

काठमाडौँ, ११ मंसिर । नेपाल राष्ट्र बैंकले आज बिहीबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । xchange Rate

काठमाडौँ, ११ मंसिर । कोभिड–१९ का कारण विश्वभर अर्थतन्त्रमा समस्या आएका बेला नेपालमा रेमिटेन्स आयमा देखिएको सुधारले सरकारलाई सजिलो बनाएको

काठमाडौँ, ११ मंसिर । सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता