जनकपुर-जयनगर रेल सेवा पुस पहिलो सातादेखि सञ्चालन गर्ने तयारी

जनधपुरधाम, २४ कार्तिक । सरकारले पुस पहिलो सातादेखि जनकपुर–जयनगर रेल सेवा सञ्चालनको तयारी थालेको छ ।

जनकपुर–जयनगर रेलमार्गमा नियमित रेल सञ्चालनका लागि जनशक्ति व्यवस्थापन, कानून निर्माण, आवश्यक पूर्वाधारलगायतको तयारी भइरहेको बताइएको छ ।

कोभिड–१९ सङ्क्रमणका कारण तत्काल रेल सञ्चालन गर्न नसकिने भए पनि स्थिति सहज हुनासाथ जनशक्ति व्यवस्थापन गरी सञ्चालनका लागि तयारी भइरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

व्यवस्थापनको काम सकिन लागेकाले आगामी पुसको पहिलो सातादेखि त्यस क्षेत्रमा रेल सञ्चालन गर्ने गरी छलफल भइरहेको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, २ असार । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको

काठमाडौँ, २ असार । सरकारले विपद् प्रतिकार्य योजना सबै मन्त्रालयलाई परिचालित गरेर बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनको

काठमाडौँ, २ असार । जनता समाजवादी पार्टीका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाउनुभएको छ । पार्टीभित्र आन्तरिक विवाद

काठमाडौँ, २ असार । नेपाल तरुण दल केन्द्रीय समितिले आफ्ना सबै कार्यकर्ताहरुलाई बाढी पहिरोबाट विपत्तीमा परेकाहरुको उद्धार तथा राहतको काममा