विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्य नियुक्त

काठमाडौँ, २४ कार्तिक । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको छ ।

अर्को व्यवस्था नभइन्जेलसम्मका लागि भन्दै मन्त्रालयले शाक्यलाई निमित्त प्रमुख तोकेको हो । उनले सोमबार नै पदबाहाली गरेका छन् ।

उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर नियुक्ति दिइएको हो । ऊर्जामन्त्री वर्षमान पुन अनन्तले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई कार्ज फिर्ता गराउन निर्देशन दिएका थिए ।

शाक्यलाई यसअघिका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले प्राधिकरणको केन्द्रीय कार्यालयमा हाजिर हुन आइतबार निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असार । जिल्ला समन्वय समिति काठमाडौंँ र शङ्खरापुर नगरपालिकाबीच शङ्खरापुर नगरपालिकाको प्रशासनिक भवन निर्माण गर्न सम्झौता भएको छ

काठमाडौँ, २ असार । नेपाली राष्ट्रिय छापामाध्यम सञ्जालले आज प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेतलाई हार्दिक बधाई ज्ञापन गरेको

काठमाडौँ, २ असार । थप उपचारका लागि दिल्ली उड्नुअघि नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले वक्तव्यले माधव कुमार नेपाल समूहमा

काठमाडौँ, २ असार । सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेको छ । आन्तरिक राजस्व विभागले