पाकिस्तानको सङ्क्रमित संख्यामा नयाँ रेकर्ड

काठमाडौँ, २४ कार्तिक । पाकिस्तानमा फैलिएको दोस्रो चरणको कोरोना भाइरसको महामारीका क्रममा सङ्क्रमितको सङ्ख्या अत्यधिक बृद्धि हुँदै गएको छ ।

सरकारी अधिकारीहरूले गत जुलाईपछि शनिबार अहिलेसम्मकै धेरै सङ्क्रमितहरू भेटिएको जानकारी दिएका छन्। उनीहरूका अनुसार शनिबार मात्रै पाकिस्तानमा एक हजार ५०० भन्दा बढी सङ्क्रमित भएका छन् ।

पाकिस्तानको राष्ट्रिय कमाण्ड तथा अप्रेसन सेन्टरले दिएको जानकारी अनुसार शनिबार एक हजार ५४३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो । पाकिस्तान अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या १७ हजार ५२० रहेको अधिकारीहरूले जनाएका छन् ।

मास्क नलगाई बाहिर हिड्नेलाई एक सय रुपैया जरिवाना तिराउने र एक हजार जनासम्म सहभागी भएर बैबाहिक कार्यक्रम गर्न पाइने व्यवस्था सरकारले गरेपछि आलोचना भइरहेका बेला सङ्क्रमितहरू बढ्दै गएको विवरण सार्वजनिक भएको हो ।

सरकारले गत शुक्रबार मात्रै मास्क नलगाउनेलाई एक सय रुपैया जरिवाना तिराउने र भेटेकै ठाउँमा तीन ओटा मास्क उपलब्ध गराउने निर्णय गरेको थियो । त्यसैगरी हरेक सरकारी तथा निजी कार्यालयले ५० प्रतिशत कर्मचारीहरूलाई मात्रै कार्यालयमा बोलाउन पाउने व्यवस्था पनि सरकारले गरेको थियो । स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. जाभेद अर्कामले मास्क लगाउनु पर्ने नियमको उलङ्घन भइरहेको र मास्क नलगाउनेलाई एक सय रुपैँया जरिवाना तिराउने नियम ठट्टा जस्तो मात्रै भइरहेको टिप्पणी गरेका थिए । नियम उल्लङ्घन गर्नेलाई कम्तीमा दश हजार जरिवाना तिराउनु पर्ने उनको सुझाव छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ मंसिर । विराटनगर एक र महोत्तरीको एक गरी थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाबाट

काठमाडौँ, १४ मंसिर । आज देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको

वि.सं.२०७७ साल मंसिर १४ गते । आईतबार । ईश्वी सन् २०२० नोभेम्बर २९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी

बैतडी, १३ मंसिर । बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिका क्षेत्रमा १० दिनका लागि लकडाउन घोषणा गरिएको छ ।  कोरोनाको जोखिम बढ्दै गएको