स्पिनर सन्दीप आबद्ध दिल्ली आईपीएलको फाइनलमा प्रवेश

काठमाडौँ, २४ कार्तिक । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै दिल्ली फाइनलमा प्रवेश गरेको हो ।

शेख जायद क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ९० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउन सक्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो दिल्ली आईपीएलको इतिहासमा पहिलो पटक फाइनलमा प्रवेश गरेको छ ।

तर, यस सिजनका लेग स्पिनर सन्दीपले खेल्ने मौका भने पाएनन् । अब दिल्लीले उपाधिका लागि साविक विजेता मुम्बई इण्डियन्ससँग भोलि फाइनल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० मंसिर । सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

काठमाडौँ, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सरकारले महिलाविरुद्ध हुने सबै हिंसामा शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन् ।

काठमाडौँ, १० मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफूले प्राप्त गरेको कोरोना बीमा वापतको १ लाख

काठमाडौँ, १० मंसिर । कोरोना भाइरसका कारण निर्धारित कार्यतालिकाभन्दा केही ढिला हुन गएको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण कार्यले पुनः गति लिएको छ