काठमाडौँ, २३ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५३३ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १२९४ , ललितपुरमा १६२ र भक्तपुरमा ७७ जनामा संक्रमण पुष्टि भएको छ ।
थप २८ सय १७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ जना पुगेको छ ।