जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनको मिति तय

काठमाडौँ? २३ कार्तिक । राष्ट्रिय जनमोर्चाले आफ्नो चौथो राष्ट्रिय सम्मेलन आगामी चैत २४ देखि २६ गतेसम्म काठमाडौँमा गर्ने भएको छ ।

शनिबार बुटवलमा बसेको पार्टीको बैठकले कोरोना महामारीको समयमा आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर सम्मेलन गर्ने निर्णय गरेको हो । राजमोको तेस्रो सम्मेलनबाट निर्वाचित नेतृत्वको समयावधि २०७७ फागुनमा पूरा हुँदैछ । बैठकले जिल्ला र प्रदेश समितिबाट सम्मेलनमा भाग लिन जाने प्रतिनिधिको संख्या पनि किटान गरेको छ ।

राजमोले मंसिर १४ गते संघीयताविरुद्ध र कोरोना महामारी नियन्त्रणमा सरकारको व्यवहारलाई लिएर देशब्यापी विरोध कार्यक्रम गर्ने निर्णय पनि गरेको महासचिव जनकराज शर्माले विज्ञप्ति निकालेर जनाएका छन् । संघीयताले मुलुकको राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमिकतालाई कमजोर पार्दै लगेको र क्षेत्रीय द्वन्द्वलाई बढावा दिएको राजमोले निश्कर्ष निकालेको छ ।

उपचार खर्चको अभावमा संक्रमितहरु कोरोना परीक्षणसम्म गर्न नसकेको, परीक्षण गरेकाहरुले आइसोलेशन वेड र हस्पिटलमा भर्ना हुन वा बेड नपाएको भन्दै राजमोले कोरोना उपचारमा मेडिकल माफियाहरुको चलखेल बढेको जिकिर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ मंसिर । भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणमा हासिल भएका अनुभव तथा सिकाइबारे छलफल गर्न तथा सुझाव लिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले

बैतडी, १४ मंसिर । सुदूरपश्चिम प्रदेशका  मुख्यमन्त्री त्रिलोचन भट्टले कानुन कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक पर्ने बताएका छन् । शनिबार मानवअधिकार

काठमाडौँ, १४ मंसिर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गर्दै गरेको कर्मचारीको सरुवासम्बन्धी नयाँ मापदण्डमा केही अधिकार प्रदेशलाई हस्तान्तरण

काठमाडौँ, १४ मंसिर । नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्ध पाँचौँ शताब्दीदेखि अविच्छिन्न कायम रहेको छ । त्यसपछि सातौँ शताब्दीताका लिच्छवि राजकुमारी भृकुटीको