राष्ट्रपति भण्डारीद्वारा नवनिर्वाचित अमेरिकी राष्ट्रपतिलाई बधाई

काठमाडौँ, २३ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएकी छन् ।

राष्ट्रपति भण्डारीले आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत बाइडेन र कमलालाई बधाई दिएकी हुन् । बाइडेन अमेरिकाको ४६औं राष्ट्रपति हुन् । यस्तै ह्यारिस पहिलो महिला उपराष्ट्रपति चुनिएकी हुन् ।

राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी बाइडेन र ह्यारिसको कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास लिएकी बताएकी छन् ।

भण्डारीले लेखेकी छन्, ‘संयुक्त राज्य अमेरिकाको राष्ट्रपति निर्वाचित हुनुभएकोमा जो बाइडेन तथा उपराष्ट्रपति निर्वाचित हुनुभएकोमा कमला ह्यारिसलाई हार्दिक बधाई ।, ‘उहाँहरूको कार्यकालमा नेपाल–अमेरिका बीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास लिएको छु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, ८ साउन । गण्डकी प्रदेशमा प्रदेश प्रमुख सीता कुमारी पौडेलले थप ६ जना मन्त्रीहरुलाई सपथ गराएकी छन् । कांग्रेसबाट

काठमाडौँ, ८ साउन । एमाले नेता सुवास नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवालाई जनादेश कहाँबाट आएको र आफुले थाहनै नपाएको बताएका छन्

काठमाडौँ, ८ साउन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा पत्र फिर्ता लिएका छन् । शुक्रबार बिहान

काठमाडौं, ८ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छ । प्रधानमन्त्रीबाट हटेपछि