फुटाउने होइन, जोड्ने काम गर्ने छु : जो बाइडन

काठमाडौँ, २३ कार्तिक । अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित जो बाइडनले बिभाजन नभइ एकता र सहकार्यमा जोड दिएका छन् ।

राष्ट्रपतिमा निर्वाचिन भएपछि मतदाताहरुलाई सम्बोधन गर्दै उनले तिक्तता त्याग्न र आफ्नो प्रतिस्पर्धीलाई दुश्मनको रुपमा नहेर्न आह्वान गरे ।

आफूलाई भरोसा गरेर राष्ट्रपतिमा चुनेकोमा उनले मतदाताप्रति आभार र खुसी व्यक्त गर्दै बाइडनले भने, ‘म यस्तो राष्ट्रपति बन्ने बाचा गर्दछु जसले फुटाउने होइन, जोड्ने काम गर्ने छ, मैले सबैको भरोसा जित्ने कोसिस गर्ने छु ।’

आशावादी सम्बोधन गरेका उनले सबैलाई साथमा लिएर अघि बढ्ने बताए । रिपब्लिकन र डेमोक्रेटको रुपमा अमेरिका बिभाजित नहुने बताउँदै उनले भने, ‘म अमेरिकाको राष्ट्रपति हुँ । सबैलाई साथमा लिएर अघि बढ्ने छु । मैले रातो र नीलो राज्यको रुपमा हेर्दिनँ । म कुनै पार्टीको राष्ट्रपति होइन । हामी सबै मिलेर काम गर्ने छौं ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा