नेकपा कुनै पनि हालतमा फुट्दैन : मन्त्री श्रेष्ठ

काठमाडौँ, २२ कार्तिक । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुनै पनि हालतमा नफुट्ने बताउनुभएको छ ।

नेकपा बल्खु टेकुसी परिवारले आज दिपावलीलगायत अन्य पर्वका अवसरमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले वामपन्थी आन्दोलनको लामो इतिहासका साथै ठूला दुई शक्तिशाली पार्टीको एकताबाट निर्माण भएको सो पार्टीमा अहिले देखापरेका केही समस्या शीर्ष नेतृत्वले समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री श्रेष्ठले भन्नुभयो, ‘सात दशकअघि मुलुकमा प्रजातन्त्र प्राप्त भएपछि गठन भएका कुनै पनि सरकारले पाँच वर्षको कार्यकाल पूरा गर्न सकेनन् । त्यसबाट उत्पन्न भएको अस्थिरताले देशको विकास निर्माणमा अवरोध आयो ।’

राजनीतिक स्थायित्व कायम गरी मुलुकमा सुशासन र समृद्धि प्राप्त गर्ने आधारमा भएको एकता कसैले चाहँदैमा विभाजन नहुने उहाँको भनाइ थियो । मन्त्री श्रेष्ठले जनताको हितलाई केन्द्रमा राखेर पार्टी सङ्गठनका कार्यलाई समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० फागुन । पेट्रोलियम पदार्थमा करको बोझका कारण उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन्। इन्धनको मूल्यकै हाराहारी विभिन्न

काठमाडौँ, २० फागुन । अर्थ मन्त्रालयले ३१३  वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य केन्द्रका लागि एक अर्ब आठ करोड ५३ लाख

काठमाडौँ, २० फागुन । नेपाल राष्ट्र बैंकले आज बिहीबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, १९ फागुन । आज सेयर बजारको परिसूचक नेप्से ३९ अंकले घटेको छ । सो अंकको गिरावटपछि नेप्से २४१६ अंकमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021