प्रम ओलीकै नेतृत्वमा समृद्ध नेपाल: सुखी नेपालीको संकल्पलाई सफल बनाउँछौंः सांसद पहारी

पोखरा, २२ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सचिवालय सदस्य, पूर्वयुवा संघ नेपालका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले जनताको लामो समयदेखीको विकास र समृद्धिको चाहना प्रधानमन्त्री केपी ओलीकै नेतृत्वमा सफल हुने दावी गर्नुभएको छ ।

पोखरा २३ मा ५० लाखको लागतमा बनेको बाम्दी भलिबल खेल मैदान तथा खुल्ला व्यापमशाला तथा केलिस्थेनिक्स पार्कको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले कल्पना गर्नुभएको समृद्ध नेपाल : सुखी नेपालीको महान अभियान तथा संकल्पलाई सफलतामा पुर्याउने अठोट व्यक्त गर्नुभयो ।

जनताको साथ, सहयोग तथा समर्थन आवश्यकता रहेको औल्याउँदै केन्द्र सरकारमा प्रधानमन्त्री ओली तथा प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङको नेतृत्वमा प्रदेश सरकारले जनताको समृद्धिको चाहना पुरा गर्ने गर्नेमा विश्वस्त हुन जनतालाई आग्रह गर्नुभयो ।

जनतालाई भनेर आश्वासन दिने नभई काम गरेर देखाउने उद्घोष गर्दै आफ्नो निर्वाचन क्षेत्रमा निर्माणका क्रममा रहेका सम्पूर्ण योजनाहरु आफ्नो कार्यकालभित्र पुरा गरिसक्ने प्रतिवद्धता जनाउनुभयो । निर्वाचनको समयमा जनताका माझ गरेका घोषणा पत्रमा उल्लेख भएका कुराहरु आगामी निर्वाचनमा शतप्रतिशत पुरा गरेर देखाउने उहाँले उल्लेख गर्नुभयो ।

पोखरा २३ मा १ मिटर पनि बाटो कालोपत्रे भएन भन्ने कुरा हिजोको कथा भएको उल्लेख गर्दै उहाँले केही समय अघि बाम्दीमा कोलोपत्रेको सिलान्यास भईसकेको र हाल तिव्र गतिकास साथ काम भइरहेको जानकारी गराउनुभयो । उक्त सडक चापाकोटसम्म पुर्याउने लक्ष्यका साथ काम भइरहेको बताउँदै आयोजना निर्माणको लाििग बजेटको समस्या नहुनेसमेत बताउनुभयो ।

खहरे खोलामा ३०औं वर्षदेखी जनताले पुल भएन पनि गुनासो गरिरहेकोमा हाल प्रदेश सरकारले ११ करोड बजेट व्यवस्थापन गरि काम भइरहेको र अको तीन महिनाभित्र निर्माण सम्पन्न भइसक्ने बताउँदै उहाँले पामे खोला ६ करोडको लागतमा पुलको काम शुरु भइसकेकोले एक वर्षभित्रमा निर्माण सम्पन्न हुने जानकारी गराउनुभयो । झुवा डुडेफाट खानेपानीको निम्ती दुई करोडको काम भइरहेको जानकारी गराउँदै उहाँले उक्त स्थानमा २९ वटा आयोजनाहरु निर्माणको क्रममा रहेको उल्लेख गर्नुभयो ।

सिमित स्रोत साधनका बाबजुत पनि कारोना नियन्त्रणको लागि सरकारले भरपुर कामहरु गरिरहेको उल्लेख गर्दै उहाँले भारतसँग खुल्ला सीमा नाका भएका कारण केही समस्या उत्पन्न भएको बताउनुभयो । जनताको सावधानी नै कोरोना नियन्त्रणको मुख्य कार्य भएकोसमेत उल्लेख गर्दै उहाँले आम नागरिकले सरकारको कामलाई सहयोग गर्दै कोरोना नियन्त्रणमा सहयोगी भूमिका निर्वाह गर्न अपिल समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ फागुन । आई-पे डिजिटल वालेटलाई नेपाल राष्ट्र बैंकले ‘भुक्तानी तथा फर्छ्याेट विनियमावली २०७२’ बमोजिम दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको

काठमाडौँ, २३ फागुन । नेपाल राष्ट्र बैंकले आज आइतबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, २३ फागुन । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार

काठमाडौँ, २२ फागुन । प्रभु बैंकले पोखरास्थित तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । समितिमा संकलित

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021