मुख्यमन्त्री शाही घाइते

काठमाडौँ, २२ कार्तिक । शुक्रबार हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आज सदरमुकामबाट सिमकोट गाउँपालिका वडा नं ३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा हुडि गाउँ र लिमाटाङ्ग गाउँको बीचमा पर्ने खोलामा घोडाबाट लडेर सामान्य घाइते भएका छन् ।

सदरमुकामबाट गाडीमा सवार भएका मुख्यमन्त्री शाहीलाई यहाँका स्थानीय लामा समुदायले घोडामा चड्नका लागी स्वागत गरेपछि उक्त घोडाबाट लडेर उनी घाइते भएका हुन् । मुख्यमन्त्री शाही चडेको घोडा तर्सिदा लडेर घाइते भएको नेपाल पत्रकार महासङ्घ हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहराले जानकारी दिए ।

मुख्यमन्त्री शाहीलाई अहिले सिमकोटबाट हेलिकप्टर गएर सदरमुकाम ल्याइएको छ । मुख्यमन्त्री शाही सँगै कर्णाली प्रदेशका प्रतिपक्षदलका नेता जीवनबहादुर शाही, नेकपाका केन्द्रिय सदस्य विजय भण्डारी, कर्णाली प्रदेशका प्रवक्ता बिमला केसीलगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, २ असार । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको

काठमाडौँ, २ असार । सरकारले विपद् प्रतिकार्य योजना सबै मन्त्रालयलाई परिचालित गरेर बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनको

काठमाडौँ, २ असार । जनता समाजवादी पार्टीका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाउनुभएको छ । पार्टीभित्र आन्तरिक विवाद

काठमाडौँ, २ असार । नेपाल तरुण दल केन्द्रीय समितिले आफ्ना सबै कार्यकर्ताहरुलाई बाढी पहिरोबाट विपत्तीमा परेकाहरुको उद्धार तथा राहतको काममा